काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् ।

महेन्द्रनारायण निधिको ९९ औ जन्म जयन्तीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिँदा राम्रो हुने बताए ।

‘अदालतले संसद पुनर्स्थापना गरिसकेको छ, सब भन्दा खुसीको कुरा संसद बाँचेको छ, अब प्रधानमन्त्रीबाट ओलीजीले राजीनामा दिँदा राम्रो हुन्छ, हुन त यो उहाँको पार्टीको कुरा हो,’ देउवाले भने ।

देउवाले ओली सामु अब संसद्मा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुई वटा विकल्प रहेको बताएका हुन् । प्रधानमन्त्रीबाट राजीनामा आए अविश्वास प्रस्ताव पेस गर्नै नपर्ने उनले बताए ।