पटौटीको देवीअम्बिका मन्दिरको संरक्षण सुरु

380

गणेश घिमिरे
पटौटी, १२ फागुन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ४ पटौटी सिरान टोलमा रहेको ऐतिहासिक, पुरातात्त्विक महत्त्व बोकेको देवीअम्बिका मन्दिरको संरक्षण भएको छ ।

पटौटी सिरान टोलमा रहेको शिव मन्दिर र गोखुङ्गामाईको भित्री भाग ढलान गरिएको छ । मन्दिरलाई मर्मत तथा गजुर र पौवाको निर्माण हुदै रहेको स्थानियले बताए ।

मन्दिर मर्मत पछि थप थप आकर्षक र सुन्दर हुने विश्वास स्थानियको छ । यहाँ दसैमा हुने सराए नाचँ र भजन किर्तनसँगै धार्मिक कार्यक्रम प्रभावकारी रुपले सञ्चालन गर्न थप टेवा पुग्ने मन्दिर समितिका पौवा निर्माण समितिको रुक्मागत घिमिरेले बताए ।

No description available.