संसद पुनःस्थापनाको खुसीयालीमा नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसले गर्यो दिप प्रज्वलन

185

भुवनेश्वोर अधिकारि
बुटवल । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले उल्ट्याएसँगै यसको चौतर्फि स्वागत भइरहेको छ।

केपी ओलीले नेतृत्व गरेको नेकपाको एउटा खेमा बाहेक अधिकांश राजनीतिक दलका नेता कार्यकर्ताहरुले यसको स्वागत गरेका छन्।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पसका नेता कार्यकर्ताहरुले पनि यसको स्वागतमा दिप प्रज्वलन गरेका छन्।

फैसला लगत्तै नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसका नेता कार्यकर्ताहरुले बुटवलको देविनगर स्थित चौपारिमा सर्वोच्च अदालतललाई धन्यवाद दिदै दिप प्रज्वलन गरेका हुन्।

नेविसंघका नेता कार्यकर्ताहरुले राष्ट्रिय झण्डा र नेविसंघको झण्डा सहित दिप प्रज्वलन गरेको छ ।

दिप प्रज्वलन कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय नेता टङक पान्डे लुम्बिनी वाणिज्य क्याम्पसका इकाई सभापति नेता सुरज क्षेत्रि लगायतका नेता कार्यकर्ताहरु सहभागि थियो।