नेविसंघले गर्यो सर्वोच्च अदालतको फैसलाको स्वागत

67

काठमाडों, १२ फागुन । नेपाल विद्यार्थी संघले सर्बोच्चको फैसलाको स्वागत गरेको छ । आज पुतलीसडकमा हर्षोल्लासका साथ अबिर टीका लगाएर शंकर देव क्याम्पस बाट पुतलीसडक चोक हुँदै पुन: शंकर देब सम्म स्वागत र्याली र बिजय सभाको आयोजना गरेको छ ।

सभामा सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले सर्वोच्च अदालतको फैसला लोकतन्त्र, संविधान र नेपाली जनताको पक्षमा रहेको बताए । उनले यो फैसलाले नेपाली जनतामा अदालतका प्रतिको आस्था र बिश्वास अझ बढाएको बताए।

फैसला पछि जनताले जितेको दिन भन्दै सर्बसत्ताबादी र प्रतिगामी ओलिको असंबैधानिक कदमलाई बदर गर्दै सर्बोच्च अदालतबाट आएको फैसला स्वागत योग्य रहेको भन्दै बिधि लाई मिच्ने र अधिनायकवाद लाद्न खोज्ने जो कोहीलाई पनि लोकतन्त्र र विधिको सासन अगाडी घुँडा टेक्न बाध्य बनाइने महामन्त्री तिमल्सिनाले बताएका छन ।

उक्त सभालाइ सम्बोधन गर्दै नेबिसंघ पुर्ब सहमहामन्त्री पर्मेश्वोर शाह, नेता बिपिन अधिकारि,दिपक ओझा लगाएतले नेपाली कांग्रेस र यसका सवै भात्री संस्था संधै बिधीको शासनको पक्षमा रहने,सॅधै अदालतको निर्णयको सम्मान गर्ने र यो निष्ठालाई गलत ढंगले प्रचार गर्नेहरु आज परास्त भएको बराए ।

नेपाल विद्यार्थी संघ संकरदेव क्याम्पस इकाइ द्वारा आयोजना गरिएको सो कार्यक्रमको संयोजक नेविसंघका नेता दिपक ओझाले गरेका थिए ।