देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव !

197

काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेसँगै सरकार परिवर्तन हुने हलचल सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो पक्षमा बहुमत पु¥याउँनका लागी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग सहकार्य गर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ । यद्यपी यो विषयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउँवाले पार्टी भित्रको छलफल पछि निर्णय हुने बताएका छन् ।

नेकपा ओली पक्षका नेता टोपबहादुर रायमाझीले असम्भव भन्ने कुरा केही पनि नभएकाले काँग्रेसँग सहकार्य हुने बताउँछन् । काँग्रेसलाई नैै प्रधानमन्त्री दिने वा काँग्रेसले ओलीलाई समर्थन गर्ने विषयमा असम्भव भन्ने कुरा केही छैँन, रायमाझीले भने पार्टीभित्रको सल्लाह पछि निर्णय गछौँ ।

उता नेकपा प्रचण्ड–माधव नेपाल पक्षले पनि काँग्रेस सभापति शेरबहादुर देउँवालाई प्रधानमन्त्री बन्नका लागी प्रस्ताब गरेका छन् । संसद पुनःस्थापना भएसँगै चितबनबाट काठमाडौं आएर अध्यक्ष प्रचण्ड र माधव नेपालले शेरबहादुर देउवालाई भेटेर सहकार्य गरेर अगाडी बढ्ने प्रस्ताव गरेका छन् ।

नयाँ सरकार कसरी बन्छ र चल्छ भन्ने अन्योल कायमै रहेका बेला दाहाल–नेपाल समूहले सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेको छ । नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकारमा सहकार्य गर्न कांग्रेस सभापति देउवासँग प्रस्ताव गरेको हो ।