काठमाडौं । नेकपाका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र बामदेव गौतमका बीचमा आज विहानै भेटवार्ता भएको छ ।
प्रचण्डलाई भेट्न गौतम विहान ७ बजे ललितपुरस्थीत प्रचण्ड निवास खुमलटार पुग्नु भएको थियो । उहाँहरुबीच झण्डै एक घण्टा छलफल भएको थियो ।
प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रचण्ड नेपाल पक्षमा अभिव्यक्ति दिनुभएका गौतमले आज फैसलापछि पहिलो पटक प्रचण्डलाई भेट्नु भएको हो ।
उहाँले प्रधानमन्त्री ओली अपरिक्व रहेको र प्रचण्ड दुरदर्शी नेता देखिएको टिप्पणी गर्नुभएको थियो ।
उहाँले यसअघि पार्टीको दुवै पक्षमा नलागी पार्टी एकता जोगाउन भन्दै पार्टीमा तेस्रो धार रहेको दावी गर्दै आउनु भएको थियो । उहाँले सर्वोच्चको फैसलापछि पार्टी एकताको प्रक्रियालाई फेरि अगाडि बढाउनु पर्नेमा जोड दिदै आउनु भएको छ ।
पार्टी एकता अभियानका संयोजक समेत रहनु भएका गौतमले अध्यक्ष प्रचण्डसँग पनि एकताको प्रक्रियालाई अगाडि बढाउने बारेमा छलफल गर्नुभएको जनाइएको छ ।
उहाँहरुका बीचमा संसदमा खेल्ने भूमिका, नयाँ सरकारको समिकरण, अन्य पार्टीहरुसँगको सम्वन्धलगायतका बीचमा पनि छलफल भएको उहाँका सहयोगीहरुले जनाएका छन् ।