लोकतन्त्र र संविधान मास्ने काममा ओली सरकार लाग्योः काँग्रेस नेता भुसाल

423

घनश्याम पौडेल
अर्घाखाँची, १३ फागुन। नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतीप्रसाद भुसालले ‘ओलीले गरेको संसद विघटन असंवैधानिक भएको पुष्टि भएको बताएका छन् ।’

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ फुर्सामाटा भन्ने ठाउँमा भएको आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले नेपाली जनताले दिएको मतको अपमान कम्युनिष्टले गरेको आरोप लगाए ।

सरकार चलाउँनका लागी दुईतिहाई बहुमत भएतापनि ओली नेतृत्वको सरकार काम भन्दा भष्ट्रचारमा लिप्त भएको बताएका छन् ।

ओलीले सरकार सञ्चालन गर्न नसकेका कारण देश अस्तव्यस्त भएको बताउँदै नयाँ सरकार गठनका लागी प्रधानमन्त्रीले राजिनामा दिएर सरकार गठनको लागी बाटो खुल्ला राख्नका लागी आग्रह गरेका छन् ।

नेकपाले सरकार चलाउँन नसकेको आरोप लगाउँदै विकास निमार्णका काम गर्न कुनै विकासको खाका नभएको भुसालले बताए । नेकपाले जनताको मतको सम्मान गर्न नसकेको भन्दै लोकतन्त्र र संविधान मास्ने काममा ओली सरकार जान लागेको आरोप लगाए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारी, जिल्ला सचिव छविलाल पौडेल, जिल्ला सदस्यहरु हेमन्त बेल्वासे, केशवराज कुवँर, जुनबहादुर पुलामि, कुमार केशव सिंह बेल्वासे, शितगंगा नगरपालिका काँग्रेस संयोजक मोति बेल्वासे, सचिव सुमन्त पौडेल, स्थानिय चन्द्र रेश्मि, महिला नेतृ मिना पौडेल, नेविसंघका डिआर बेल्वासे, स्थानिय नेता फर्सुराम न्यौपाने लगाएतले कम्युनिष्ट सरकारले जनतालाई अलपत्र पारेको आरोप लगाए ।

कार्यक्रम नेपाली काँग्रेसका नेता टामलाल ज्ञवालीको सभापतित्व, गिरि बैजालीको सञ्चालन र काँग्रेस शितगंगा सहसंयोजक चन्द्रमणि बेल्वासेको स्वागतमा सम्पन्न भएको हो । सोहि कार्यक्रममा नेकपा परित्याग गरी १५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।