नेकपा विधिवत रुपमा नफुटेसम्म कांग्रेस सरकारमा नजाने

318
File photo

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछिको राजनीतिक तरंगबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल सरकारमा नजाने निर्णय लिएको छ। बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सत्तारुढ नेकपा विभाजनको कानुनी टुंगो नलागेसम्म तटस्थ बस्ने निष्कर्ष निकालेको छ।

बैठकमा सहभागी अधिकांश नेताहरुले पनि अहिले हतारिएर सरकारमा जाने कुरा उचित नहुने धारणा राखेका छन्।

नेपाली कांग्रेसका वरिष्‍ठ नेता रामचन्द्र पौडेलले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले कुनै निर्णय नगर्ने बताएका छन् ।

पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले संसदमा विषय आयो भने त्यहिँ कांग्रेसले आफ्नो पोजिसन प्रष्ट पार्ने बताए ।

पहिले नेकपाभित्रको विषय प्रष्ट हुनुपर्ने कांग्रेस बैठकमा समीक्षा भएको छैन । नेकपा कानुनी रुपमा विभाजित भइनसकेकाले कांग्रेसले थप निर्णय गर्न आवश्यक नरहेको बताएको छ ।

नेकपा व्यवहारिक रुपमा दुई समूहमा बाँडिएकाले अगामी साता समीकरणमा कांग्रेस निर्णायक देखिएको छ।