मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताएका छन् ।
उनले देब्रे हात बाउँडिन थालेपछि आफूलाई अस्पताल लैजान श्रीमती र छोरीलाई आग्रह गरेका थिए । वीर अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए ।
वीर अस्पतालले उनको सिटी स्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि नर्भिक अस्पताल प
मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताएका छन् ।
उनले देब्रे हात बाउँडिन थालेपछि आफूलाई अस्पताल लैजान श्रीमती र छोरीलाई आग्रह गरेका थिए । वीर अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए ।
वीर अस्पतालले उनको सिटी स्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि नर्भिक अस्पताल पठाएको थियो ।
उनको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झाले जोशीको अवस्था अत्यन्त गम्भीर रहेको बताएका छन् । जोशीको एउटा आँखाको नानी फुलेको झाले बताए दुवै आँखाको नानी फुलेको मृत्यु भएको अवस्थामा मात्र हुन्छ । आधा दिमागले काम नगरेपछि एउटा आँखा फुलेको उनको भनाइ छ ।
जोशीलाई भेन्टिलेटरमा राखिएको र यो अवस्था निकै जटिल भएको उनले बताए । यस्तो अवस्थामा पुगेका ६०–७० प्रतिशतलाई बचाउन नसक्ने डा. झाको भनाइ छ ।
यस्तो अवस्थाबाट बाँचेकाहरुमा पनि ठूलो प्यारालाइसिस लामो समयसम्म रहनसक्ने उनको भनाइ छ ।