नेपाल महिला संघ पाणिनीको अध्यक्षमा अम्बिका पोख्रेल सर्वसम्मत निर्वाचित

388

घनश्याम पौडेल
अर्घाखाँची, १५ फागुन । नेपाल महिला संघ पाणिनी गाउँपालिकाको अध्यक्षमा अम्बिका पोख्रेल सर्वसम्मत चयन हुनुभएको छ ।

पाणिनीको दुर्गाफाटमा आयोजित गाउँपालिकाका ८ वटै वडाका महिलाहरुको उपस्थितीमा पोख्रेल सहित २५ सदस्यीय महिला संघको चयन गरेको महिला संघका जिल्ला सचिव छमा कार्कीले बताउँनुभयो ।

जसको उपाध्यक्षमा तुल्सा घिमिरे (मैदान), हिमा पोख्रेल (खिदिम), सचिबमा मधु पन्त (पालि), कमला घिमिरे (पटौटी), सहसचिबमा पबित्रा नेपाली (अडगुरी), कोषाध्यक्षमा गीता खनाल (खिदिम) चयन हुनुभएको छ ।

जसको सदस्यहरुमा भारता थापा क्षेत्री, माया पोख्रेल, कबिता पौडेल, बिमला गौतम, रमा घिमिरे, पिंकि घर्ती, चन्द्रकला न्योपाने, राधा घिमिरे, मना श्रेष्ठ, उषा पोख्रेल, तुल्सा क्षेत्री, मैयाँ श्रेष्ठ, कमला पोख्रेल, बिष्णु घिमिरे, सुमित्रा परियार, सरिता सुनार, पुष्पा खनाल, सौरन मिया चयन भएकोे महिला संघका जिल्ला अध्यक्ष शान्ता भण्डारीले बताउँनुभयो ।