नेपालका हरेक आन्दोलनमा महिलाहरुको भुमिका उल्लेखनियः पुर्वमन्त्री भुसाल

304

घनश्याम पौडेल
अर्घाखाँची, १५ फागुन । नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतीप्रसाद भुसालले नेपालको हरेक आन्दोलनमा महिलाहरुको भुमिका उल्लेखनिय रहेको बताउँनुभएको छ ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा आयोजित महिला संघको प्रथम भेलाको उद्घाटन गर्दै भुसालले ‘लोकतन्त्र, गणतन्त्र ल्याउँनका लागी पनि महिलाहरुको भुमिका महत्वपुर्ण रहेको बताउँनुभयो।’

उहाँले वर्तमान ओली नेतृत्वको सरकारले धेरै बालिकाहरु बलात्कृत हुँदा पनि सरकार मौन रहेको टिप्पणी गर्नुभयो । बलत्कारीलाई कार्वाही गर्नेभन्दा संरक्षणमा सरकार लागेको आरोप लगाउँनुभयो ।

नेता भुसालले सरकारकै गैरजिम्मेवारीका कारण नेपाली नारीहरु सुरक्षित नभएको बताउँनुभयो । बलत्कारका घटना घट्दा पनि सानो मुलुकमा अपराधी पत्ता नलाग्नु सरकारकै कमजोरी भएको बताउँनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव छविलाल पौडेलले नेपाली काँग्रेसको संगठन निमार्णमा महिलाहरुको भुमिका उल्लेखनिय रहेको बताउँनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सहसचिव इन्सु मियाँ, पुर्व जिल्ला उपसभापति श्यामनाथ काश्यप, संगठन विभाग प्रमुख कृष्ण खनाल, क्षेत्रिय सभापति केशवराज कुवँर, महिला विभाग प्रमुख संगिता बेल्वासे, जिल्ला सदस्य सिता भुसाल, पाणिनी गाउँपालिका संयोजक विष्णु अर्याल, पालिका सभापति यज्ञ पौडेल, तरुण दलका अध्यक्ष नारायण खड्का, नेविसंघका जिल्ला उपाध्यक्ष घनश्याम पौडेल, महिला नेतृ अम्बिका पोख्रेल र मधु पन्तले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल महिला संघ अर्घाखाँचका अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता, सचिव छमा कार्कीको सञ्चालन र सदस्य चन्द्रा गैरेको स्वागतमा सम्पन्न भएको हो ।

नेपाल महिला संघ पाणिनीको अध्यक्षमा अम्बिका पोख्रेल सर्वसम्मत निर्वाचित

भेलाले नेपाल महिला संघ पाणिनी गाउँपालिकाको अध्यक्षमा अम्बिका पोख्रेल सर्वसम्मत चयन गरेको छ ।

पाणिनीको दुर्गाफाटमा आयोजित गाउँपालिकाका ८ वटै वडाका महिलाहरुको उपस्थितीमा पोख्रेल सहित २५ सदस्यीय महिला संघको चयन गरेको महिला संघका जिल्ला सचिव छमा कार्कीले बताउँनुभयो ।

जसको उपाध्यक्षमा तुल्सा घिमिरे (मैदान), हिमा पोख्रेल (खिदिम), सचिबमा मधु पन्त (पालि), कमला घिमिरे (पटौटी), सहसचिबमा पबित्रा नेपाली (अडगुरी), कोषाध्यक्षमा गीता खनाल (खिदिम) चयन हुनुभएको छ ।

जसको सदस्यहरुमा भारता थापा क्षेत्री, माया पोख्रेल, कबिता पौडेल, बिमला गौतम, रमा घिमिरे, पिंकि घर्ती, चन्द्रकला न्योपाने, राधा घिमिरे, मना श्रेष्ठ, उषा पोख्रेल, तुल्सा क्षेत्री, मैयाँ श्रेष्ठ, कमला पोख्रेल, बिष्णु घिमिरे, सुमित्रा परियार, सरिता सुनार, पुष्पा खनाल, सौरन मिया चयन भएकोे महिला संघका जिल्ला अध्यक्ष शान्ता भण्डारीले बताउँनुभयो ।