“इञ्जा डे ” को अबसरमा फेलोसिपको स्मरण

334

रमा पन्थी,
जब म केही समयको लागि काठमाडौं आए त्यतिबेला दसै नजिकिदै थियो । काम सकाएर छिटै नै आफ्नो ठाउँमा जान्छु भनेर लागेको दिनमा नै अकस्मात् म बिरामी परे जीउ पुरै दुख्यो । दुखाइ एति थियो कि । कुनै ठुलो एक्सिडेन्टमा परेर शरीरका अङ्ग अङ्ग छुट्टि दैछन । वा कुनै लठ्याउने औसधि बिना ठुलो अप्रेसन गरिदैछ। त्यो पिडा नयाँ ठाउँ लगाएका कपडा र ओढ्ने गरेको कपडाले कामै नगर्ने जाडो । मलाई निकै गारो भयो। चेक गराउदा कोरोना भएको रहेछ फर्कीहाल्ने योजनामा मैले आफू सङ भयेको रकम पनि सबै खर्च गरिसके । उफ त्यो दिन आफु निकै दुखि भयेको लाग्यो । एकातिर दुखाइको पिडा । न्युज भरी मृत्यु सङ लडिरहेका कोरोना पीडित को कथा । ओढ्ने लगाउने कपडाको अभाव ।पोस्टिक खाना खानु पर्ने बेलामा एक्लो ठाउमा एक्लै छट्पटीनु पर्ने बाध्यता । निकै बेचैनी बनाएको थियो। म मद्यम बर्ग को भयेको ले आफ्ना दुख सेयर गरेर सहयोग लिनु पनि मन थिएन ।

आफन्त भएपनी त्यहा बोलाएर महामारी रोग सर्ने त्रास मा पारनु पनि मन लागेन । कसैलाई गारो परिस्थितिमा छु भन्ने खालको कुनै जानकारी दिइन । मलाई धेरै माया गर्नेहरु सबैलाई एक एक सम्जिरहे । आफुले माया गर्ने र आफुलाइ माया गर्नेको त सबभन्दा बढि याद गार्यो परिस्थितिमा आउदो रहेछ । फोन गरिरहने आफन्त ,साथीहरू र काउन्सिलर हरुले केहिदिन्मा ठिक हुन्छ भन्दै सान्त्वना दिन्थे । त्यही समयमा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) एशिया, च्याप्टरका अध्यक्ष टंक पन्तको फोन आयो ” तपाईंलाई पनि फेलोसिप रु दस हजार मिलेको छ। तपाई को खातामा आएको छ हेर्नुहोला । ” मेरो बोल्न नसक्ने अवस्थाले धन्यवाद शब्द सानो थियो होला । तर त्यो रकमले मेरो कोरोना सङ लडने साहस मिल्यो । उर्जा मिल्यो। आत्मबल सङै आत्मबिस्वास बढयो ।

त्यसपछि मैले जाडोमा लगाउने कपडा मगाए । टेकुस्थित कोरोना सेन्टर बाट हेल्थ कन्डिसन बारे बुजिरहन्थयो । बढी भएमा एम्बुलेन्स लिएर आउने कुरा हुन्थ्यो । त्यो रकमले केही आट दिलायो ।अक्सिजन लेवल कम भयेछ । एकदिन राति 1 बजे मलाई सास फेर्न नसक्ने गरि गारो भयो । टेकुमा धेरै पटक फोन लगाए। एक्ले अर्कोतर्फ फोन गर्न भन्दै पटक पटक नम्बर दिइरहे । त्यतैकैमा भुइँमा लडे अर्कोदिन आफै ब्युजिए । मोबाईल फुटेको थियोे । कोरोना पीडित को कोठामै आएर हेर्ने को हुन्थ्यो र ? त्यै पनि पछिल्लो दिनमा धेरै सहयोग पाए । आधार त्यही फेलोसिप भएपनी एक महिना सम्म त्यस बाट केहि खर्च भएन। भौतिक रूपमा एक्लै भए पनि माया र सहयोग गर्ने र आत्मबल बडाउने हरुको कमि भने थिएन ।

एक महिना सम्म छाती दुख्न छाडेन । चेक गराउन गए । ब्लड चेक गरायेको मात्र लगभग आठ हजार सबै गर्दा १८/२० हजार । मलाई छाति दुखेकोले एक्सरे, इसिजि गराए । रिपोर्ट राम्रै थियो । अरु आबस्यक लागेन। एकातिर “अस्पतालको शुल्क उठाउने धन्दा” न्युज दिमागमा थिए भने अर्कोतिर कम पैसा । महङ्गो कोरोनाले धेरै खर्च गरायो । दसैं तिहार जस्ता महान चाड भयावह रोग सङ लड्दैमा बित्यो । त्यो इञ्जा बाट मिलेको पैसा केही खर्च भएन । तर आत्म बिश्वास बडाउने र साहस दिने भने त्यही सहयोग भयो । “इञ्जा डे” को अबसर मा इञ्जा र त्यहा कार्यरत सम्पुर्ण टिमहरुलाइ स्मरण गर्न चाहन्छु । सहयोग सानो होस वा ठुलो आबस्यक पर्दा र कठिन अबस्थामा गरिएको छ भने पक्कै पनि त्यो नैकै ठुलो हुन्छ । जीवन्त हुन्छ । माया गर्ने आफन्त हरुबाट टाढा हुँदा र भिड हरुमा एक्लै हुँदा को साहारा भनेको सहयोग र हौसला हो । इञ्जा श्रमजिवि पत्रकारहरुको आधार हो बिश्वास हो, उत्प्रेरणा हो । हौसला हो । काम गर्नेहरुको लागी जोस हो । जागरको आधार शिला हो । इञ्जाले हरेक वर्ष मार्च १ लाई आफ्नो स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएको छ । आगामी दिनमा अजै लोकप्रिय बनोस् । धेरै धेरै बधाई तथा शुभकामना !