काँग्रेस मध्यस्थर्ता र नेतृत्व लिनका लागि तयारः काँग्रेस नेतृ भुसाल

230

काठमाडौं । नेपाली काँग्रेसका नेतृ पुष्पा भुषालले सदनलाई स्थिर बनाउन पार्टीले भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

आगामी संसद् बैठकमा उठाउनुपर्ने रणनीति पार्टीको बैठक बसेर तय गरिने उहाँले जानकारी दिनुभयो । अगामी संसद् बैठकमा काँग्रेसले प्रतिपक्ष दलकै रुपमा जनताका समस्या उजागर गर्ने नेतृ भुषालले स्पष्ट पार्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवाद कानुनी र राजनीतिक रुपमा सुल्झाउने जिम्मेवारी नेकपाकै हो, उहाँले भन्नुभयो ।

नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेतृ भुषालले भन्नुभयोे,“नेकपा विवाद उहाँहरुको आन्तरिक विवाद हो, त्यसको समाधान गर्ने जिम्मा उहाँहरु कै हो, काँग्रेस यसमा केहि गर्न सक्दैँन तर देशको राजनीतिक अवस्था स्थिर बनाउन पार्टी आफ्नो भुमिका निर्वाह गर्छ ।”

देशलाई अराजकतातिर प्रवेश गर्न नदिन काँग्रेस मध्यस्थता र नेतृत्व दुबैका लागि तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

संसदीय व्यवस्थालाई पालना गर्दै काँग्रेस देशलाई संकटबाट बचाउन सदा तयार रहने गरेको पनि नेतृ भुषालले उल्लेख गर्नुभएको छ ।