प्रचण्ड-नेपाल पक्ष नेकपा अर्घाखाँचीको अध्यक्षमा पिताम्बर सारु

364

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष अर्घाखाँचीको अध्यक्षमा पिताम्बर सारु मनोनित भएका छन् ।

नेकपा स्थायी कमिटीको बैठकले पिताम्बर सारुलाई नेकपा जिल्ला कमिटी अर्घाखाँचीको अध्यक्षमा मनोनित गरेको जनाएको छ । शितगंगा नगरपालिका वडा नम्बर-७, जलुके निवासी सारु जलुके गाविसका पुर्व अध्यक्ष, जिविस सदस्य, तत्कालिन नेकपा एमालेको अन्चल सदस्य पनि भएका थिए ।

सारु दक्षिणखाँचीका बलियो नेताको रुपमा परिचित छन् । उनी माधबकुमार नेपाल नजिक मानिन्छन् ।