विप्लव समूहसँग वार्ता गर्न सरकारी वार्ताटोली गठन, को–को छन् ?

340
File photo

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ताटोली गठन गरेको घोषणा गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा सरकारले आज दुई सदस्यीय वार्ताटोली घोषणा गरेको हो ।

वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् ।

केहीबेरअघि मात्र सूचना तथा सञ्चारप्रविधिमन्त्री पार्वत गुरुङले बिज्ञप्ति जारी गर्दै वार्ताटोली घोषणा भएको जानकारी दिनुभएको हो ।

दुई दिनअघि मात्रै प्रधानमन्त्री ओलीले गृहजिल्ला झापामा आयोजित कार्यक्रममा विप्लव समूहसँग छिट्टै वार्ता हुने बताउनुभएको थियो ।

एक साताअघि मात्रै विप्लवले विज्ञप्ति जारी गर्दै आफू वार्ताका लागि तयार भएको बताउनुभएको थियो । उहाँले त्यसका लागि सरकार इमान्दार हुनुपर्ने र आफूलाई शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न दिन तयार हुनुपर्ने सर्त राख्नुभएको थियो ।

सरकार र विप्लव नेकपा दुवै वार्ताका लागि सकारात्मक भएपछि सरकारले वार्ता टोली घोषणा गरेको हो । विप्लव नेकपामाथि ०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

156002560_4327686903927547_7917517506281716619_o.jpg