वाल्मीकि विद्यापीठका नवनियुक्त प्राचार्य ढकाललाई नेविसंघद्वारा सम्मान तथा स्वागत

287

काठमाडौ , फागुन १८ ।

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मीकि विद्यापीठका नवनियुक्त प्राचार्य प्रा डा भागवत ढकाललाइ उहाँकै कार्यकक्षमा नेबिसंघ वाल्मीकि विद्यापीठद्वारा स्वागत गरिएको छ ।

विद्यापीठलाई नमुना विद्यापीठको रुपमा स्थापित गराउन आफ्नो कार्यकालमा चुस्त दुरुस्त रुपमा लाग्ने र यस कुरामा प्राध्यापक , कर्मचारी र विद्यार्थीहरुको पुर्ण साथ सहयोग आवश्यक रहने कुरा प्राचार्यले व्यक्त गर्नुभएको थियो। साथै दिवा १ बजे सुरु भएको कार्यक्रम चियापान सहित सब्य र भब्य ढङ्गबाट सम्पन्न भएको जानकारी नेपाल विद्यार्थी संघ वाल्मीकि क्याम्पसका नेता चोलेन्द्र रिजालले हामीलाइ बताउनुभएको छ।