प्रशासन अर्घाखाँची र स्थानिय तहबिच अन्तरक्रिया छत्रदेवमा सम्पन्न

196

हिन्दुखबर संवाददाता
अर्घाखाँची, १९ फागुन । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिकामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय वडा तथा पालिकाबाट हुने सिफारिस र जिल्ला प्रशसनले गर्ने कामहरुको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।

May be an image of 2 people and people standing

May be an image of 2 people and people standing
छत्रदेव गाउँपालिकाका जन प्रतिनिधि , वडा सचिव तथा अन्य सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी र सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जिल्ला प्रशासन कार्यलय र सुरक्षा समितिले गर्ने कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

May be an image of 1 person, standing, sitting and indoor

कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत पवन अर्याल, वडा अध्यक्ष कमल पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

May be an image of 1 person, standing, sitting and indoor

कार्यक्रममा शसस्त्र प्रहरी नायव उपरिक्षक राम कृष्ण महर्जन, जिल्ला अनुसन्धान अधिकृत विनय चतुर्वेदी, वडा अध्यक्षहरु तेज प्रसाद खनाल, अशोक श्रेष्ठ, वालकृष्ण श्रेष्ठ , सोभाखर पाण्डे, पत्रकार महासंका प्रदेश सदस्य प्रेमनारायण आचार्य, पत्रकार घनश्याम पौडेल लगायतको उपस्थिति रहेको थियो ।