हिन्दुखबर संवाददाता
अर्घाखाँची, १९ फागुन । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निर्मला क्षेत्रीले भंग भएको प्रतिनिधिसभालाई सर्बोच्च अदालतले पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताइन । पुष्पकमल दाहाल र ओली दुई भाइको झगडाले सांसद भंग गर्नु गलत भएको उनले बताइन ।

नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेतृ क्षेत्रीले कम्युनिष्टले देश चलाउन नसक्ने बताइन । चुनावमा भोट माग्दा बाँडेको समृद्धि र स्वरोजगारको सपना बिर्सेर दाहाल र ओली कर्चीको लडाईमा लागेको बताइन । संविधानको रक्षा, लोकतन्त्र र संघीयता कार्यन्यवन गर्न कांग्रेसले मात्रै सक्ने बताइन । ओली र दाहालले कानूनी र वैधानिक रुपमा छुटिएर आएपछि कांग्रेस पाटीले जनताको हितमा निर्णय गर्ने उनले बताइन ।

उनले आफुले ल्याएको बजेटलाई अतिरञ्जित गरिएको बताउँदै विकास बजेटको योजनामा केही सांसदले कमिशन मागेको आफुले सुनेको क्षेत्रीले बताइन । विकास बजेटमा मैले एक रुपैयाँ कमिशन र भ्रष्टचार गरेको भेटिएमा सांसद पदबाट राजीनामा दिएर राजनीतिबाट सन्यास लिनेछु, उनले भनिन । जनताको विकास बजेटमा सांसदले कमिशन माग्नु जनताको हित विपरित भएको उनले बताइन ।

देश भर महिला हिंसा बलात्कार लगायतका घटनाहरु बढेकोमा बर्तमान सरकारको नालायकिपन जिम्मेबार रहेको पनि उनले आरोप लगाएकी छन ।
महिलाहरु देश भरी असुरक्षित महसुस गरेको भन्दै उनले आर्थिक अभाब र प्रलोभनमा महिला हिंसाका घटना लुकाउने र दवाउने क्रम पनि बढ्दो रहेकोमा चिन्ता ब्यक्त गरिन । सचेतक क्षेत्रीले काङ्ग्रेस बिना लोकतन्त्र र लोकतन्त्र बिना राज्यको बिकास समृद्धि हुन नसक्ने दाबी गर्दै कम्युनिस्ट हरुले केही प्रगती गर्न नसक्ने बताइन ।

काङ्ग्रेस लाई बत्ती बालेर खोज्नु पर्छ भन्ने कम्युनिस्टहरु अहिले हात जोडेर काङ्ग्रेसलाई ढोग्ने अबस्थामा पुग्नु काङ्ग्रेस बिना केही च्ल्देन भन्ने कुराको दरिलो प्रमाण भएको उल्ल्ख गरिन ।