पाणिनीको दुर्गाफाटमा चौथौ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सव हुने

734

घनश्याम पौडेल
अर्घाखाँची, २० फागुन । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा चौथौ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सव हुने भएको छ । फागुन २७ गते हुने महोत्सवको बिहीवार दुर्गाफाटमा आयोजना पत्रकार सम्मेलनमा पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामले जानकारी दिए ।

पाणिनी गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुराउने उद्देश्यले आयोजित महोत्सबमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालमा पुर्व अध्यक्ष तथा बहुचर्चित लोक गायक बद्री पंगेनी, लोकदोहोरी गायिका सुनितामी परियार, हास्य व्यंग्य कलाकार माईला बा लगाएतको बेजोड प्रस्तुति रहने उपाध्यक्ष धुव्रराज घिमिरेले बताए ।

पाणिनी पर्यटन समाजको आयोजना र पाणिनी गाउँपालिकाको सह–आयोजना हुने मेला शिवरात्रीको दिन हुने महोत्सवको तयारी सुरु भएको छ । महोत्सवको उद्घाटन कार्यक्रम भने तय भईसकेको छैन् ।

विगत एक वर्ष अगाडी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पाणिनी पर्यटन समााजले सामाजिक क्षेत्रमा क्रियाशिल रहदैँ आएको छ । समाजले पाणिनी गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सेवा समेत सञ्चालन गरिसेको छ ।