पाणिनीका जनप्रतिनिधीलाई कानुन सिकाउँदै न्यायाधीश बासुदेव न्यौपाने

318

घनश्याम पौडेल
अर्घाखाँची, २० फागुन । राज्यले नागरिकमा सहज कानुनको पहुँच पुर्याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् ।

स्थानिय सरकारका जनप्रतिनिधी निर्वाचित भएपनि वडा अध्यक्षहरुलाई कानुनको बारेमा पुर्ण रुपमा ज्ञान नभएको पाईएको छ । वडा अध्यक्ष मात्र होईन, वडा कार्यालयमा पञ्जीकरणको काम गर्ने वडा सचिवलाई पनि कानुनको ज्ञान पुर्ण रुपमा रहेको पाईदैँन ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका जनप्रतिनिधी मार्फत नागरिकलाई कानुनको बारेमा जानकारी गराउँनका लागी अर्घाखाँची जिल्ला अदालतका न्याधिश बासुदेव न्यौपानले जनप्रतिनिधीसँग न्यायिक संवाद कार्यक्रममा गाउँमा परेका सामान्य विवाद गाउँमै मिल्न सकुन भनेर जनप्रतिनिधीलाई कानूनी कुरा सिकाईएको छ ।

न्याधिस सँग भेट गर्नु हुन्न अदालतमा जान हुदैन, न्याय पाउन धेरै पैसा लाग्छ भन्ने कुरा हिजोको दिनमा आम मानिसलाई लाग्ने कुरा हो, तर अहिले यो कुरा अर्घाखाँची जिल्ला अदालतमा लागु हुदैन, जिल्ला न्याधिश न्यौपानेले अदालतले छिटो छरितो न्याय, सवैको लागी न्याय, जनप्रतिनिधीका बिचँ, नागरिकका विचँमा न्याधिश भन्ने नारासहित न्यायिक संवाद गाउँपालिकामा सम्पन्न भएको हो

वडा अध्यक्ष र सचिवलाई पञ्जीकरणको क्षेत्रमा पर्ने समस्याको समाधान सहित देवानी संहिताले तोकेका जिम्मेवारीहरुको बारेमा जानकारी गराईएको छ ।
ग्रामीण दूरदराजका नागरिक अदालतसम्म आउन नसकेकाले हातेमालो गर्नका लागी जनप्रतिनिधीलाई आग्रह गर्दै अबदेखि अर्घाखाँची अदालतमा आउन कुनै डराउनु नपर्ने, साथसाथै कम समय, निशुल्क न्याय जनताले पाउन सक्ने न्यौपानेले बताए ।

ग्रामिण बस्तीका अधिकाश नागरिकमा अशिक्षा र चेतनाको कमीले गर्दा आफनो समस्या दवाएर राख्ने गरेको वडा अध्यक्षहरुले बताएका छन् ।
न्यायिक संवाद कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले सवै क्षेत्रलाई समेटेर पाणिनी गाउँपालिकाले कानुन बनाई कानुनमा टेकेर काम गर्ने गरेको बताए ।

जिल्ला अदालतका शाखा अधिकृत अन्नतराज मरासिनी, सुचना अधिकारी टेकराज गैरे, वडा अध्यक्षहरु शालिकराम भट्टराई, नेत्र भट्टराई, देवीबहादुर क्षेत्री, स्थानेश्वर घिमिरे, जिवलाल घिमिरे, शुभबहादुर सारु, गुनाखर अधिकारी, पालीका कार्यवाहक वडा अध्यक्ष कौशर अली, न्यायिक समितीका सदस्य शालिकराम घिमिरे लगाएतले वडामा पर्ने गरेका समस्याको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा वडा सचिवहरु रविन्द्र न्यौपाने, कमलप्रसाद न्यौपाने, गोविन्द बहादुर विक, गिता वाग्ले, अम्बिका डुम्रे लगाएतको उपस्थिती रहेको थियो ।