अर्घाखाँचीका सर्जक कुशल बेल्बासेको ‘हातैका पौजाले’ टिकटकमा भाइरल भएपछि…..

1112

अभिनव चौहान।
काठमाडौंं ।
 अर्घाखाँची जिल्लामा जन्मिएर काठमाडौंंमा एक दशक भन्दा बढी समयदेखी नेपाली गीत-संगीतमा संघर्ष गर्दै आएका सर्जक हुन् कुशल बेल्बासे । उनको आवाजमा सजिएको ‘रातो घलेकी’मा बोलको गीत नसुन्ने नेपाली सायदै कमै छन्। रातो घलेकीमा, माली गाइले बाछी चाटेको लगायतका थुप्रै गीतहरुमा उनले आवाज भरिसकेका छन् । त्यसैगरी लाइभ दोहोरीमा पनि उनको राम्रो दखल छ। लाइभ दोहोरीमा उनको माग र लोकप्रियता राम्रो भएको देखिन्छ।

केही दिन अँघी गायक तथा गीतकार कुशल बेल्बासे र गायिका शान्तीश्री परियारको स्वरमा रहेको लोकदोहोरी गीत ‘हातैका पौजाले’ रिलिज भएको छ । उक्त गीत नवराज पन्त नामक युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यस गीतमा लय तथा शब्द सिर्जना कुशल बेल्बासेकै रहेको छ । भिडियोमा ओवी रायमाझी र अञ्जली अधिकारीको दर्दनाक अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडयोको नवराज उप्रेतीले छायांकन गरेका हुन् । यतिबेला यो गित टिकटकमा पनि निकै भाइरल भएको छ।

गीतको पूरा भिडियो हेर्नुहोस् ।