टेकराज भुसाल
ढाकावाङ्ग, २० फागुन । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ढाकावाङ्गमा रहेको विश्व माध्यमिक बिद्यालयका बिद्यार्थीले बिद्यालयमा आन्दोलन गरेका छन्।
बिहिबार कक्षा ११ र १२ का बिद्यार्थी सँग बिद्यालयले शुल्क मागेको भन्दै बिद्यार्थी आन्दोलनमा उत्रेको विद्यार्थीहरुले जनाएका छन् ।
भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बिद्यार्थीसँग पैसा लिन नहुने भनी बिद्यार्थीसँग टेलिफोन मार्फत भनेपनि बिद्यार्थी थप आन्दोलित भएको बिद्यार्थीले जनाएका छन्।