विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा, नेता-कार्यकर्ता रिहा गर्न सुरु

390
File photo

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहान सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको थियो। उक्त सहमतिलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।

शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवुले सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम छ।

थुनामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतारकार्यकर्तालाई रिहा गर्ने प्रक्रिया अघि बढाएको छ।