पाणिनीमा नयाँ कदमः घिमिरेको आगमन सँगै दैनिक खर्च विवरण सार्वजनिक

450

घनश्याम पौडेल
अर्घाखाँची, २० फागुन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा ४ वर्षको अवधिमा करिब ६ जना प्रमुख प्रशासकिय अधिकृतले गाउँपालिकाको नेतृत्व गरेको तथ्याकं उपलव्ध भएको छ ।

प्रमुख प्रशासकिय अधिकृत आउँने र नियमित काम गर्ने नयाँ कुनै काम नगरेको पाईयो । गाउँपालिकाले शुसासन, जवाफदेही पारदर्शी नारा अगाडी सार्दै गर्दा सुचना दिने काममा पनि ढिलासुस्ती गरेको गुनासो नआएको होईन ।

२०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधीहरुको कार्यकाल करिब १६ महिना मात्रै बाकीँ रहेको छ । जनप्रतिनिधीहरु र कर्मचारीका बिचँ सधै सकारात्मक सोचँ विचार नहुँने हुदाँ पनि गाउँपालिकाको काममा ढिलाई भएको छ । गतवर्ष पाणिनी गाउँपालिकामा असार मसान्तको समयमा योजनको भुक्तानी लिनका लागी भिडभाड रहेको थियो । काम सम्पन्न भएपनि प्रमुख प्रशासकिय अधिकृतकै कारण समयमा भुक्तानी नपाएको गुनासो उपभोक्ता समितीको रहेको थियो ।

कात्तिक महिनाबाट पाणिनी गाउँपालिको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यभार सम्हाल्न आउँनुभएका नेत्रप्रसाद घिमिरेले नयाँ कदमको सुरुवाती गर्नुभएको छ । पाणिनि गाउँपालिकाले दैनिक आफ्नो खर्च विवरण नियमित रुपमा सार्वजनिक गर्ने कार्यको थालनी गरेको छ ।

गाउँपालिकाबाट भुक्तानी भएका विभिन्न कार्यक्रम र योजनाको निकासा भएपश्चात गाउँपालिकाको वेब पेज र वेब साइट, गाउँपालिकाको आधिकारीक फेसबुकमा नियमित रुपमा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर सहित भुक्तानी विवरण सार्वजनिक गर्ने कामको थालनी भईरहेको छ । यसमा पूजिँगत तर्फको भुक्तानी बिवरण सार्वजनिक हुने गरेको छ ।

आर्थिक पारदर्शिता कायम गर्ने र व्ययभार कम गरी सेवाग्राहीलाई सेवाको पहुँच सरल बनाउने भन्दै पालिकाले ५० हजार भन्दा कम लागतका योजनाको भुक्तानीको लागि वैङ्कमा जानु पर्ने वाध्यता हटाई उपभोक्तालाई सिधै भुक्तानी दिने गरेको योजनको कार्यसम्पन्न पछि भुक्तानी लिएका एक उपाभोक्ता समितीका अध्यक्षले बताए ।

उपभोक्ता समितिको प्रशासनिक खर्च कम हुने र तोकिएको योजनाको निम्ति रकम चुहावट हुने सम्भावना कम भएको अधिकृत घिमिरेले बताउँनुभयो ।
पालिकाले यस वर्षदेखि असारे विकास रोकी गुणस्तरीय र पारदर्शी रुपमा योजनाहरु सम्पन्न गर्ने गरी कार्यक्रमहरु सुरुदेखि नै लागुगरेको पालिका अध्यक्ष अच्युत गौतमको भनाई रहेको छ ।

भुक्तानी प्रकृया अलि झन्झटिलो र धेरै समय लाग्ने जनगुनासो आएकोले यसलाई छिटो र सहज बनाएका छौं । आवश्यक प्रक्रिया पुरा गरी फाईल पेश भएको एकहप्ता भित्र हामी भुक्तानी दिन्छौं, प्रशासकीय अधिकृत घिमिरेले भन्नुभयो ।

लामो समयसम्म विवाद र रिक्त रहेका स्वास्थय सेवाका विभिन्न पदमा पदपूर्तिको कार्य समेत सम्पन्न भएको र एम्वुलेन्स सेवा समेत सञ्चालनमा आएको छ । यस बीचमा पालिकाले फुसको छानो विस्थापन र एक घर एक धारा अभियानमा उल्लेख्य प्रगति गरेको भनाइ पालिका उपाध्यक्ष लक्ष्मी गौतमको भनाई रहेको छ ।

मिती २०७७ फागुन १९ गतेको दैनिक खर्च विवरण

May be an image of text that says 'संखया लानी 7 पाणिनी गाडपालिका Panini Rural Municipality गाऊ Office कार्यपालिकाको of the Rurad कार्यालय 0644-66- Executive दुर्गाफाट, अर्घाखांची Durgaphant, Arghakhanchi लुम्चिनी प्रदेश, नेपाल Lumbini Province, Nepal खर्च विवरण सार्वजनिक सम्बन्धमा प्रस्तुत विषयमा यस कार्यालयको बमोजिम रहेको व्यहोरा जानकारी क्र.सं ७१/११/१८ ७२/११/१८ २०७७/११/१९ देखि विवरण पधेर देखि कात्रेसम्म सिंचाई पाइप पदरेखोलामा गते सम्मको दैनिक रुपमा भएको खर्चको विवरण तपशिल पर्मत ७३/११/१८ ११८/११/१९ कात्रेसम्म सिंचाइ कुकुर गाडेनाली मर्मत संचार महसुल ३१११२ पदरेखोलामा जाली निर्माण उ.स. कुकुर गाडेनाली मर्मत उ.स. नेपाल टेलिकम कैफियत ९४,४७९ ३११५९ ९४,७९० ३११५९ २२११२ ८९,४५१ १७,५०० नेत्र प्रसाद घिमिरे प्रमुख नेत्र प्रसाद प्रशासकीय मभिका प्रमुख प्रशासकीय अधिकृत'