घनश्याम पाैडेल
अर्घाखाँची, २१ फागुन । सन्धिखर्क नगरपालिका वडा नं. ७ खाचिकोटको आर्थिक सहयोग र स्वास्थय चाकी सगँको समन्वयमा गर्भवती महिलालाइ अण्डा झण्डा, झोला र क्याल्सियम वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

सोही कार्यक्रममा चार पटक ४,६,८र ९ महिनामा स्वास्थ्य चाकीमा गई नियमित गर्भजाच गरेबापत गर्भवती महिलालाई प्रोत्साहन स्वरुप एक क्यारेट अण्डा,झण्डा,सन्देशमुलक नाराहरु लेखिएको झोला र क्याल्सियम वितरण गरिएको छ ।

सोही कार्यक्रममा लुम्बिनी सामाजिक विकास केन्द्र सुआहारा कार्यक्रमका पालिका पोषण सहजकर्ता, हजार दिनका आमाहरु,स्वास्थ्य चौकीका कर्मचारीहरु, व्यवस्थापन समितिका सदस्यहरु, महिला स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा वडा तथा कार्यपालिका सदस्य बसन्ता केसीले स्वागत मन्तव्य र वडा सचिव वेल कुमारी परियार,वडा सदस्य बिष्णु भुसाल र लुम्बिनी सामाजिक विकास केन्द्र सुआहारा कार्यक्रमका फिल्ड सयोजक हरि प्रसाद पौडेल कार्यक्रमको बारेमा भनाइहरु राख्नु भएको थियो ।

कार्यक्रमको वडा अध्यक्ष प्रितम बहादुर थापाको अध्यक्षता र स्वास्थय चौकी प्रमुख प्रेम चन्द्र विकको सञ्चालनमा सम्पन्न भएकाे थियाे ।