आराध्यदेव भगवान पशुपतिनाथलाई विवादमा नल्याऔँ – आचार्य पन्थी

246

पोखरा, फागुन १५ ।

दक्षिण एशियाली देशका ज्योतिषीहरुको छाता संस्था दक्षिण एशियाली ज्योतिष महासंघ र विश्व भरिका ज्योतिषीहरुको छाता संस्था विश्व ज्योतिष महासंघको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न भएको छ ।

उक्त भेलाका प्रमुख अतिथि दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय तथा केन्द्रिय समितिका महासचिव आचार्य लक्ष्मण पन्थीले ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषीहरुको हकहितको लागी सधै लागिरहेको बताउँदै धर्म संस्कार र संस्कृतिको संरक्षणको लागी अब सबै सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले धर्मनिरपेक्षताको नाममा दिनप्रतिदिन सनातन धर्ममाथी आक्रमण भैरहनु वर्तमान सरकारको नियति भएको आरोप लगाउँदै धार्मिक कार्यक्रममा सनातन धर्मावलम्बीहरुलाई प्रतिबन्ध नलगाउन सरकारलाई चेतावनीसमेत दिनुभयो । पशुपतिनाथ नेपालको मात्र नभै समग्र विश्वको धार्मिक गन्तव्य भएको बताउनुभयो ।वर्तमान परिस्थितिमा राष्ट्रदेव पशुपतिनाथमा विभिन्न विवाद आउनु नकारात्मक भएको र सुनको जलहरी राख्न नहुने जस्ता कुतर्क गरि पशुपतिनाथ माथी कुचेष्टा नराख्न चेतावनी दिनुभयो ।

उक्त सभाबाट विष्णुप्रसाद सुवेदीको नेतृत्वमा २३ सदस्यीय गण्डकी प्रदेश समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।
जसको उपसभापतिमा राम प्रसाद सिग्देल,महेश्वर पौडेल, हरिश्चन्द्र भूषाल ,निलकण्ठ उपाध्याय ,दुर्गा दाहाल महासचिवमा गिरीराज पौडेल, उपमहासचिवमा हरिशरण पौडेल , रामकृष्ण अर्याल , कल्पना सुवेदी कोषाध्यक्षमा , रामकृष्ण पौडेल सह कोषाध्यक्षमा,सुरेश सापकोटा सचिवमा,लोकनाथ भूषाल सह सचिवमा,टिकाराम आचार्य ,लक्ष्मण पौडेल ,दामोदर पौडेल ,विश्वराज सापकोटा, अमृत पौडेल , सदस्यहरुमा सुरेन्द्र आचार्य ,भगवान आचार्य, प्रकाश भूषाल प्रदिप पौडेल, भावेष भट्टराई निर्वाचित हुनुभएको छ ।

त्यस्तै अर्जुनकुमार लामिछानेको नेतृत्वमा विश्व ज्योतिष महासंघ गण्डकी प्रदेश समिति गठन भएको छ । जस्को उपसभापतिमा सुर्यप्रसाद पौडेल,सचीवमा उमेश आचार्य,कोषाध्यक्षमा जोशिला तिमिल्सैना र सदस्यहरुमा प्रकाश आचार्य ,जयराम पौडेल , सुरेन्द्र बराल निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित सभापति सुवेदी र लामिछानेले मन,वचन र कर्मद्वारा संस्था एवम् ज्योतिष गणित क्षेत्रको संरक्षण संवर्धनमा समर्पितहुने बताउँदै कार्यक्रममा केन्द्रबाट पाल्नुहुने श्रद्धेय गुरुहरु आचार्य लक्ष्मण पन्थी,विश्व हिन्दु महासंघ कास्किका अध्यक्ष पार्वता पौडेल ,आचार्य सुरेश प्रसाद शर्मा, खिलानाथ काफ्ले ,ज्यो.पं कमल पौडेल शास्त्री, फुलमाया शर्मा न्यौपाने, आनन्द भुसाल लगाएत विभिन्न जिल्लाबाट पाल्नुहुने प्रतिनिधि एवम् पार्षद सदस्यहरु ,निर्वाचनमण्डल ,अतिथिहरु,पत्रकारहरू लगायत समस्तमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । पोखराको लेकसाइडमा रहेको होटल एसियामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विद्वान्हहरुलाई सम्मान गरिनुको साथै एकदिने वास्तु कार्यशाला गोष्ठी सप्पन्न भएको थियो ।

महासंघका निर्वाचित पदाधिकारी सदस्य हरुलाई केन्द्रीय महासचिव पन्थीले सपथ ग्रहण गराउनु भएको थियो ।