पाणिनीको दुर्वावेश्वर गुफामा आज हिन्दु जागरण युवा स्वंयमसेवकको भेला हुने

387
पाणिनी दुर्गाफाटको दुर्वावेश्वर गुफा ।

यमलाल पौडेल
पाणिनी, २२ फागुन । धर्म संस्कृतिको रक्षा, राष्ट्रको सुरक्षा भन्ने मुल नाराका साथ हिन्दूधर्म रक्षा परिषद् नेपालले हिन्दु जागरण युवा स्वंयमसेवक पाणिनी गाउँपालिका स्तरीय भेला दुर्वावेश्वर गुफामा हुने भएको छ ।

हिन्दुधर्म रक्षा परिषद नेपालका केन्द्रिय अध्यक्ष नारायण प्रसाद खनालको प्रमुख अतिथ्यतामा हुने भेलाको तयारी पुरा भएको छ ।

पाणिनीका ८ वटै वडाका हिन्दुत्वहरुको उपस्थिति रहने हिन्दुधर्म रक्षा परिषद्का केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताउँनुभयो । भेलाले गाउँपालिका स्तरिय समितीको पनि चयन गर्नेछ ।