रोग र भोकले काकाकुल बाजुराको साप्पाटा

155

मानव बिकाश सुचाङ्कको ७७ स्थानमा रहेको बाजुरा जिल्ला हो । गरिवी घर परिवार पहिचान वोर्डको तथ्याङकलाई हेर्ने हो भने पनी बाजुरा निकै पछाडी रहेको छ । बाजुरा रोगभोग र अभाबमा सधै तड्पिरहेने गर्छ । नेपालकै गरिब गाउँपालिकाको रुपमा बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका हो ।

स्वामिकार्तिक खापर गाँउपालिकामा ७५ प्रतिशत गरिबको रेखामुुनि रहेको गरिब तथा घर परिवार पहिचान बोर्डको तथ्याङ्कमा उल्लेख रहेको छ । गरिब गाँउपालिकाको सबै भन्दा बढि गरिव रहेको सोही गाउँपालिकाको वडा न १ मुक्तीकोट गाउँ हो, जहाँ ४ सय परिवार दलितहरुको बसोबास रहेको छ । त्यहा पुग्दा यस्ता काकाकुल छ, जहाँ भोकले मर्नुपर्ने बाध्यता कुपोषणको भयाभह अबस्था त्यहा देख्न सकिन्छ । त्यहाका नागरिक रोग भोक अशिक्षा गरिवी ब्यरोजगार मात्रै छन । त्यो गाउँमा अहिले सम्म १ जना मात्रै महिला एसएलसी पास छन । त्यहाका १ जना नेपाल प्रहरी १ जना ससस्त्र प्रहरी, १ जना नेपाली सेना र १ जना शिक्षक गरी ४ जना मात्रै अहिलेसम्म सरकारी जागीरमा छिर्न पाएका छन । त्यहा अन्य नागरिकहरु भारतको गल्ली गल्लीमा गएर कमाएको पैशाले परिवारको ब्यबस्थापन गर्ने गरेका भए पनी कोभिड १९ का कारण उनिहरुको भारतको चौकीदारी पनी छुटेको छ । गरिब अभाब अशिक्षा भन्ने के हो त्यहि गाँउमा पुुगेपछि थाहा हुुन्छ ।

नेपालमा भएको ससस्त्र द्धन्द्धका बेला सो गाउँको नाम मात्रै परिर्वतन भएको छ । त्यस पहिला डुमकोट अर्थात दलितटोल भनेर चिनीने सो गाउँको नाम अहिले मुक्तीकोटको रुपमा फेरीएको भए पनी त्यहाँको अबस्था त्यहाका नागरिकको जनजिवन भने फेरीएको छैन । माओवादीले द्धन्द्धमा मुुक्तिकोट नाम परिवर्तन गराएर पछि माओवादी सरकारमा पनि पुुग्यो, तर तिनिहरुको अबस्था भने जस्ताको त्यस्तै रहेको छ ।

कुपोषण कारणले बर्षेनी बच्चाहरुको मृत्युु
मुक्तिकोट गाँउमा बर्षेनी कुपोषणले वालवालिकाको मृत्युु हुने गरेको छ । त्यहाका नागरिकलाइ बच्चा मर्ने त सामान्य झै भएको छ । खान लगाउन राम्रो सँग नपाउने त्यहाँ बासिन्दा बालबालिका, गर्भवति महिला चरम कुपोषणको मारमा परेका छन् । धेरै बच्चा हरु अहिले कुुपोषणका कारणले जिवनमरणको दोसाधमा रहेका छन् । स्थानिय रेली बिक ३ वटा बच्चा कुपोषणका कारणले यो भन्दा पहिला नै मृत्यु भइसकेको छ । रेलिकको २ महिनाको छोरा पनि अहिले कुुपोषणको चपेटमा परेको छ । रेलिको दुध आउदैन्न पाउडरको दुधले बच्चा जोगाइरहेकि उनलाइ यो बच्चा बाच्ने आश समेत मरिसकेको छ । रेलिले आर्थिक अभाबले छोराको उपचार गराउन सकिरहेकी छैनन । त्यति मात्र नभई ल्याक्टोजिन किने खुुवाउने सम्म पैसा नहुुदा बच्चा तडपिरहेको छ । उनिसंग न श्रोत छ न त सरकार संग गुहार माग्न हिम्मत नै उनले जन्माएको बच्चा मर्न सक्छ तर उनको पहुच छैन ।


रेलिको परिवारको कथा त एउटा उदाहरण मात्र हो । उक्त गाँउमा अहिले ३० भन्दा बढि बालबालिका कुपोषण बाट निकै ग्रसित भएका छन । १ बर्ष यता मात्र कुुपोषण लगायत अन्य रोगले ६ जना बच्चा ज्यान गइसकेको छ । स्थानिय संगिता बिकको गत बर्ष मंसिरका कुपोषणका कारणले छोराको मृत्यु भएको वताईन्, उनको अर्को बच्चा पनि कुुपोषणको चपेटामा रहेको छ । मुक्तिकोट गाँउमा उपचार अभाबमा कुुपोषणले धेरै बालकालिका छटपटिरहेको स्थानिय बल बहादुर बिकले वताएका छन् । धेरै सुुत्केरी आमाहरु आफै कुुपोषित रहेका छन् । यसरी बर्षेनी कुुपोषणका कारणले बालबालिकाको मृत्युभएको भएपनि राज्यको ध्यान पुुग्न सकेको छैन्, मुक्तिकोट बाँसि भन्छन्, हाम्रो भनेको राज्य सुुन्दैन्, कसलाई भन्ने गुुनासो पोख्छन् । कुुपोषणको शिकारमा गाँउका बालवालिका चपेटा परेका भएपनि सरकारलाई त्यहाको अबस्थाको बारेमा कुुनै जानकारी छैन् । नत कुुपोषण जाँच गरेको छ, नत ति बच्चाहरुको उपचार तथा लिटोको ब्यबस्थापन् । गाँउ नजिकै भर्खरै सामुुदायिक स्वास्थ्य केन्द्र स्थापना भएपनि सामान्य उपचार बाहेक अन्य कुुपोषण सम्बन्धि कुुनै चेकजाँच नहुुने गरेको छ ।

खडेरीले काकाकुल बन्दै साप्पाटाको मुक्तीकोट
मुक्तीकोट गाँउ हाल चरम गरिवी र अभावमा तडपिरहको छ । गाँउमा लगाएको अन्नबालि उर्मिएको छैन्, उर्मिएको पनि सुकिसकेको छ । सुुख्खा डाँडोमा बस्ति रहेको छ, जग्गा जमिन थोर थोरै भएपनि खडेरीले १ महिना खानलाई उब्जनी समेत नहुुने गरेको छ । धेरै परिवार १२ महिना बजारको चामलमा निर्भर रहने गरेका छन । २०७० सालमा गरिब घरधुरी पहिचान सम्बन्धी एक सर्वेक्षणले स्वामिकार्तिक खापर गाँउपालिकामा २१ सय ८५ परिवार मध्ये १८ सय ३८ परिवार चरम गरिबिको रेखामुनि रहेको देखाएको थियो । नेपालमा २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३.८ प्रतिशत अर्थात् ४० लाख दलित छन । त्यही तथ्याङकलाइ मान्ने हो भने साप्पाटाको एउटै गाउँमा ४ सय घरधुरी रहेको छ । सो गाउँमा करिव २ हजार भन्दा बढि जनसंख्या रहेको देखीन्छ । त्यहाका ९९ प्रतिशत जनसख्या ब्यरोजगार रहेको देखीन्छ ।

त्यस ठाउँमा गरिव भोकमरी हुनुको एउटै कारण हो खडेरी त्यहा कुनै समयमा राम्रो बाली लाग्दैन पानी नै नपरेपछी त्यहाका स्थानीयको रोजाई भारतमा गएर चौकीदारी गर्नु हो बर्षको ६ महिना त्यहाका युवाहरु भारतको चौकीदारी गर्छन र कमाएर ल्याएको पैशाले चामल नुन तेल किनेर खानुपर्ने बाध्याता रहेको छ । त्याहाका अधिकाङस युवाहरु कक्षा १० सम्मको अध्यायन मात्रै गरेका छन । त्यसपछि उनीहरुको बाहिर पढ्ने पैशा हुदैन र घर परिवार धान्नका लागि भारत पलाएन हुने गर्दछन । त्यसैले त्यहाँका युबाहरुमा शिक्षीत हरुको संख्यामा पनी न्युन हुनको कारण गरिवी नै रहेको पाइन्छ ।


गरिबी निवारण नीति, २०७६ को लक्ष्यप्राप्तिका लागि ६ नीति र प्रत्येक नीतिलाई सफल बनाउन अलगअलग रणनीति र कार्यनीति तय गरिएका छन् । नेपाल सरकारका विभिन्न मन्त्रालय मार्फत गरिबी निवारण सम्बन्धी दुई दर्जनभन्दा बढी कार्यक्रम छन । तर गरिबका नाममा सञ्चालित भनिएका ती कार्यक्रम लामो अवधिमा पनि उपलब्धि विहीन छन । गरिबका नाममा टाठाबाठाको रजाइँ अत्य नभएकाले यो अवस्था रहिरहेको प्रस्टै छ । सरकार तथा दलहरूले सनातनी राजनीतिक किचलो पन्छाएर विकासमुखी एजेन्डालाई आत्मसात् नगरी गरिबको यथास्थिति फेरिँदैन, न त मुलुकको समृद्धि नै नजिक देखिन्छ । यो तथ्यलाई मनन गर्न दलहरूलाई अझै कति दशक लाग्ने हो ? बडीमालिका खवरबाट लिएको छ ।