पाणिनिकाे दुर्गाफाटमा हिन्दुत्वकाे वृहत् भेला, हिन्दु धर्म सबैले स्विकार गर्ने धर्म: अध्यक्ष खनाल

741

यमलाल पाैडेल
पाणिनि, २२ फागुन । हिन्दुधर्म रक्षा परिषद्का केन्द्रिय अध्यक्ष नारायणप्रसाद खनालले हिन्दु धर्मकाे रक्षामा सबै लाग्नुपर्ने बताउँनुभएकाे छ ।

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकाकाे दुर्गाफाटमा अायाेजित पाणिनि गाउँपालिका स्तरिय हिन्दु जागरण युवा स्वयंसेवक गठन कार्यक्रमकाे उद्घाटन गर्दै खनालले नेपालमा जनमत संग्रह गरेर भएपनि हिन्दुराज्य घाेषणा गर्न लाग्नुपर्नेमा जाेड दिनुभयो ।

विश्वले मानेकाे हिन्दुधर्म सबै धर्मले स्विकार गर्न सक्ने भएकाले एकदिन नेपाल हिन्दुराज्य हुने बताउँनुभयाे ।

कार्यक्रममा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गाैतमले धार्मिक संघसंस्थाहरू राजनितीक दाग नलगाई स्वच्छ रूपले धर्मकाे रक्षाका लागि लाग्नुपर्ने बताउँनुभयाे ।

कार्यक्रममा हिन्दुधर्म रक्षा परिषद्का केन्द्रीय काेषाध्यक्ष राजकुमार श्रेष्ठ, पत्रकार घनश्याम पाैडेल, कमला माविका प्रअ गाेविन्दराज पन्थि, प्रतीक पाेख्रेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

कार्यक्रम हिन्दु जागरण युवा संघका अध्यक्ष नारायण खड्काकाे अध्यक्षता, उपाध्यक्ष अतीश विककाे सञ्चालन, विष्णु मरासिनिकाे स्वागतमा सम्पन्न भएकाे हाे ।

भेलाले हुमकान्त पाेख्रेलकाे अध्यक्षता २५ सदस्यीय पाणिनि गाउँपालिका स्तरिय हिन्दु जागरण युवा स्वंयमसेवक समितिकाे गठन गरेकाे छ। जसकाे उपाध्यक्षद्वयमा भास्कर पाैडेल, अमृता घिमिरे, सचिवमा डुकबहादुर सारू, सहसचिवमा चन्द्रकान्त ज्ञवाली र काेषाध्यक्षमा फर्सबहादुर श्रेष्ठ चयन भएका छन् ।