केन्द्रीय सदस्य पौडेललाई ज्योतिष परिषद् अर्घाखाँचीद्वारा बधाई तथा शुभकामना

233

सन्धिखर्क,फागुन २२ ।
नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति अर्घाखाँचीको बैठक सम्पन्न भएको छ ।

बैठकले नेपाल ज्योतिष परिषद्को साधरण सदस्यता नविकरण तथा नयाँ सदस्य लिन चाहाने व्यक्तिबाट सदस्यता लिने र नविकरण गर्ने अन्तिम मिति २०७७/१२/०६ गतेसम्म राख्ने निर्णय गरेको छ । त्यस्तै  नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति अर्घाखाँचीको कार्यकाल समाप्त भएकोले जिल्ला अधिवेशनको लागी २०७७/१२/०७ गते गर्नको लागी केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

>बैठकले अर्घाखाँचीको जिल्लाको संगठन सचिव सम्हाल्नुभएका शिवलाल पौडेल केन्द्रीय सदस्यमा मनोनयन हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरिएको जिल्ला कार्य समिती अर्घाखाँचीका सचिव विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

बैठक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका अध्यक्ष मोतिराज शर्माको अध्यक्षता,लुम्बिनी प्रदेश उपाध्यक्ष केशवराज आचार्यको प्रमुख आतिथ्यता र सचिव विष्णुप्रसाद आचार्यको सन्चालनमा सप्पन्न भएको हो ।