चक्रपाणी डुम्रे
तिलोत्तमा , २३ फागुन ।
रुपन्देहीको तिलोत्तमाको दस नम्बर स्थित शान्ति दुर्गा मन्दिरमा बाल संस्कार विकास कार्यक्रमको शुभारम्भ गरिएको छ । कार्यक्रमको एक समारोहका विच शनिबार श्री एक हजार आठ स्वामी विवेकानन्द सरस्वती महाराजले उद्घाटन गर्नु भएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वामी विवेकानन्द सरस्वतीले हाम्रो संस्कार, संस्कृति र सभ्यतालाई जगेर्ना गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्नु भयो । कार्यक्रम माथि प्रकाश पार्दै मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष सोभाकर भण्डारीले विदेशी आयातित संस्कृतिको अन्धाधुन्ध नक्कले परेको समस्याले गर्दा बाल संस्कारको आवस्यकता महसुस भएको वताउनु भयो ।
प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म हुने कार्यक्रममा आचार्य धर्मराज अर्यालले बाल संस्कार सम्बन्धि प्रशिक्षण दिनुहुनेछ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वाड नं ४ का वडाध्यक्ष दिवाकर ढकाल र वार्ड नं वडाध्यक्ष सुखदेव न्यौपाने लगायतले बोल्नु भएको कार्यक्रमको स्वागत रेणु न्यौपानेले गर्नु भएको थियोे । कार्यक्रममा पण्डित भुपराज न्यौपाने र चक्रपाणी डुम्रेले स्वस्तिवाचन गर्नु भएको थियो । करिव दुई सय बालबालिकाको सहभागिता रहेको कार्यक्रमको संचालन मन्दिर व्यवस्थापन समितिका सचीव चेतनारायण ज्ञवालीले गर्नु भएको थियो ।