[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठमाडौ , फागुन २३ ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय १८ औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन विशेष बैठक सम्पन्न केन्द्रीय कार्यालय डिल्लिबजारमा सम्पन्न भएको छ । बैठकले आगामी चैतको २१ र २२गते दाङ्गको घोराहीमा १८ औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन गर्ने निर्णय भएको केन्द्रीय सचिव डा.अर्जुनप्रसाद भट्टराईले बताउनुभयो ।

 

केन्द्रीय अध्यक्षको संयोजकत्वमा मुल आयोजक समिति , केन्द्रीय सचिव डा अर्जुनप्रसाद भट्टराईको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ । कार्यक्रमको मुल आयोजक समिति नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति रहनेछ भने  सहयोगी संस्थामा दक्षिण  एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति , विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति र नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश समिति र दाङ्ग जिल्ला समिति  रहने केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले बताउनुभयो ।

बैठकमा नेपाल ज्योतिष परिषदका संस्थापक अध्यक्ष डा.लोकराज पौडेल , केन्द्रीय अध्यक्ष ज्यो माधवराज पाण्डे, महासचिव ज्यो कमलप्रसाद काफ्ले , उपमहासचिव वेदराज पन्त,सचिव डा अर्जुनप्रसाद भट्टराई , वरिष्ठ केन्द्रीय सदस्य लक्ष्मण पन्थी, कार्यालय सचीव ज्ञानेशमान जोशी, केन्द्रीय सदस्यहरु शिवलाल पौडेल र खिलनाथ काफ्लेको उपस्थित रहेको थियो ।