ग्राण्डी अस्पतालका डाक्टरद्वय आचार्य र नेपाल सम्मानित

123

काठमाडौँ, २३ फागुन ।

युनिभर्सल पीस फेडेरेसन (युपिएफ)ले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका दुई डाक्टरलाई सम्मान गरेको छ । युपिएफले शनिबार एक कार्यक्रमको आयोजना गरी कोभिड–१९ को महामारीको समयमा अरुलाई बचाउन आफ्नो ज्यान जोखिममा राखेर सेवा गर्ने दुई डाक्टरलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा ग्राण्डी अस्पतालका डाक्टरद्धय प्राडा सुभाष आचार्य र डा विपिन नेपाल हुनुहुन्छ । सोही कार्यक्रममा अरु डाक्टर र पत्रकारलाई पनि सम्मान गरिएको थियो । युपिएफ शान्तिका लागि निर्माण गरिएको विश्वका विविध क्षेत्रलाई नेतृत्व गर्ने व्यक्तिहरुको विश्वव्यापी साझा र सबैभन्दा ठूलो संस्था हो । होटल याक एण्ड यतीमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना र नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिम्सिनाले कोभिड महामारीमा जोखिम मोलेर सेवा गर्नु सराहनीय काम भएको बताउनुभयो । काँग्रेस नेत्री कोइरालाले सीमित स्रोत तथा साधनका बाबजुन पनि महामारीका समयमा उत्कृष्ठ सेवा दिएको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।