फागुन २३ काठमाडौ
नेपाली कांग्रेसका युवानेता एवं नेविसंघका पुर्ब कावा सभापति क्षितिज भण्डारीले यो हप्ताभित्र त्रिभुवन बिश्वविद्यालयले ३३दिनदेखि अनशनरत नेबिसंघका नेताकार्यकर्ताको स्वबियु निर्वाचन र विद्यार्थी हकहित बारे माग सम्बोधन हुनेगरी उच्चस्तरीय वार्ता नगरेमा उपकुलपतिलाई निषेध गर्दै देशभर त्रिविवि प्रशासन ठप्प पार्ने चेतावनी दिनुभयो । नेता भण्डारी आएपछि नेताकार्यकर्ताले जिन्दावाद ! को नारा लगाउदै त्रिभुवन बिश्वविधालय उपकुलपति धर्मकान्त बास्कोटा राजीनामा माग्दै सहित भिसी, रेक्टर, रजिस्ट्रारको लगायतको कार्यालयमा तालाबन्दी गरेका थिए ।
नेपाली कांग्रेसको आधिकारिक निर्देशन भैरहेको यो आन्दोलनमा ओलिको राजीनामा प्रसङ्ग समेत जोडिएको चर्चा गर्दै हालसम्म बरिस्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसान्क कोईराला, प्रकाशमान सिह, डा. रामशरण महत, अर्जुननरसिंह केसि, नबिन्द्रराज जोशी , गुरुराज घिमिरे, प्रदिप पौडेल दिलेन्द्र प्रसाद बडु, दिपक खडका, राजन के सि, रन्जित कर्ण, पदम राज जोशी, डा. सुनिल शर्मा, कुन्दनराज काफ्ले, सरोज थापा, अमरेशकुमार सिंह देखि कम्युनिस्टहरुको तर्फबाट पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले समेत एक्यवद्धता जनाउँदै समर्थन जनाएकोमा युवानेता भण्डारीले धन्यवाद ज्ञापन गर्दै अनसनकारीलाई अबिर लगाएर अनसनको नयाँ चरणको उद्घाटन गर्नुभएको त्रिविवि समिति अध्यक्ष डा. श्यामचन्द्र अधिकारीले बताए ।
डा. अधिकारीले आजको वार्ता असफल भएकोले बाद्य्य भएर तालाबन्दी गरिएको बताए । नेबिसंघका केन्द्रीय नेता प्रेमिका रानामगर, भुबन भट्ट, धर्म शाही लगायत सयौं नेताकार्यकर्ता रहेको त्रिबिवि कावा सभापति गणेश भण्डारीले जानकारी दिनुभयो ।