नारी सम्झना ( कविता )

250

डिल्लीराज बेल्बासे ।

साँच्चै नारी यस भूवनकी सृष्टीकर्ता तिमी हाै।
सारा माया दिन नभूलने प्रेरणाकाी खानी हाै ।।
तिमी अाफै ददश महिना गर्भकाे बाँस दिन्छाै ।
माता तिम्रै सहनशीलता धैर्यले सास लिन्छाै ।।१।।

नारी भन्ने पद कति मिठाे भुल्नकाे सक्छ झट्ट ।
अाइ पर्ने दु:खजति सबै सामना हुन्छ चट्ट ।।
हामी राेहे उनी पनि त्यसै जाेडले राेहिदिन्छन् ।
हामी हाँसे पनि कति मिठाे हर्षले हाँसिदिन्छन् ।।२।।

शिक्षा दीक्षा कति छ गहिराे मर्त्य काे जाेख्न सक्छ ?
नारी जस्तै सुख दुःख सबै हाँसि काे बाेक्न सक्छ ?।।
दारु खान्छन् पुरुषहरु जाे ब्यर्थ भागी भएर।
गाली गर्छन् अझ अबुझ भै दुष्ट पापी बनेर ।।३।।

शिक्षा स्वास्थ्य जगतभरका क्षेत्रमा याेगदान ।
गर्छन् नारी अवसर भए राष्ट्रमा दिव्य दान ।।
डाक्टर शिक्षक् पद पनि लिई हाक्न सक्ने धेरै छन् ।
मन्त्री ,सांसद पुलिस पदमा अग्रपङ्ति यिनै छन् ।।४।।

नारी हाम्रा धरति जननी सृष्टीकाे फूलबारी ।
काेही छैनन् अबुझ जन ती शिक्षा दीक्षा नपाई ।।
नेतृत्वमा अब त महिला लाग्नुपर्छ जुटेर ।
जागाैँ लागाैँ सब विगतका हिंसाभाव भुलेर ।।५।।

छन्द:मन्दाक्रान्ता
रचनाकार : डिल्लीराज बेल्बासे पाणिनि ५ मैदान अर्घाखाँची लुम्बिनी प्रदेश