काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षकाे अाजकाे बैठक अन्तिम भएकाे छ ।

अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेसँगै प्रचण्ड-माधव पक्षको बैठक बिदाई बैठकमा परिणत भएको हाे ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले बताएका छन्।