प्रचण्ड र बाबुरामको बाटो गलत भएको प्रमाणित भयो- विप्लव

200

कपिलवस्तुमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौ महाधिवेशनलाई सम्बोधन गर्दै विप्लवले प्रचण्डको बाटो सक्किएको बताउदै उनीहरु हिडेको बाटो गलत भएको अहिले आएर प्रमाणित भएको बताए ।

यस अघि आफुलाई देशमा अस्थिरता ल्याएको पार्टी फुटाएको आरोप लगाइएको भन्दै विप्लवले अहिले आएर आफु सहि र उनीहरु गलत भएको बताए ।

विप्लवले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई किन प्रतिबन्ध लगाएको भन्दै आफुहरुले अपराधी, भ्रष्ट्राचारीलाई कारवाही हुदा कसरी गलत भयो भन्ने प्रश्न गरेका छन् ।

जनताले आफुले भनेको कुरा हुन्छ भनेर जनताले ओली र प्रचण्ड नेतृत्वको नेकपालाई दुई तिहाई दिए पनि उनीहरुले जनताको पक्षमा काम गर्न नसकेको कारणले सरकार बनेको एक बर्षमै संघर्ष शुरु भएको बताए । उनीहरुको संघर्ष देश र जनताको लागि नभएर आफ्नो लागि भएकाले अहिलेको अवस्था आएको विप्लवले बताए ।