बात्ती बल्ने सम्म र भाषण नसकिदा सम्मको मात्र हुने त होला नि नारी दिवस पनि !

537

गोमा मरासिनी । बिहानै उठेर फेसबुक खोलेर हेर्छु सबै ले नारी दिवस बारेमा लेखेको लेख हेर्दा त लाग्यो कि आहा नारी को लागि कति लागि परेका छ्न ,सबै ले कति सम्मान गर्छर । नारी दिवस भनेर मानाईरहादा मेरो मन मा हरेक कुरा हरु खेलिरहे । त्याहा बिच मा एउटा यस्तो ब्याक्ती को लेख देखे जस्ले आफू ले स्कुल ,कलेज र आफु हुने हरेक ठाँउ मा सबै सङ सुन्न नहुने तरिका का कुरा गर्थ्यो । आज उसैले नारी लाई हामिले सुरक्षा को अनुभुती गराउनु पर्छ भनेको रहेछ जब कि त्यो ब्याक्ती आफू ले नै राक्षस जस्तो रुप लियको छ ,अनि कसरी हुन्छन् सुरक्षित । त्यसैले भाषण मा मात्र हैन। ब्यावाहार मै सिमित गराउनु । यो दिन आज लाई किन दिवस भनेर मात्र मनाईन्छ ।

जब कि जति नै दिवस भनेर मनाय पनि दियो बत्ती बाले पनि बत्ती बोल्दा सम्म र भाषण गर्दा सम्म मात्र सिमित हुन्छ । आफ्नै बुवा ससुरा बाट छोरी बुहारी असुरक्षित , दाइ भाइ बाट दिदी बैनी असुरक्षित , सर बाट विद्यार्थी असुरक्षित , अरु त परै जावस नारि बाट यहा नारी नै असुरक्षित भय पछि कस्को लागि भाषण र देखाबटी मै सिमित भयो हैन र । हो म मान्छु कि महिला ले अधिकार नपायर बोल्न पनि नपाउने समय पनि थियो तर यो समय त हाम्रो देश को रास्ट्रपति पनि महिला भएको देश मा दिनहु बालिका,महिला बलात्कार को सिकार हुँदै गयका छन ।हो अपराधी हरु पनि नभेटियका हैनन् । तर अपराधी लाई खोज्ने पनि लाग्नु पर्छ र खोज्ने तर्फ मात्र हैन अपराध रोक्ने तर्फ लाग्न कसरी यो खोज्न जरुरि देखिन्छ ।

“पाप शरीरले गर्ने होइन बिचारले गर्छ, अनि गंगा सागरले बिचारलाई होइन शरीरलाई मात्रै पखाल्छ” नारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरौं नारीलाई सधैं सम्मान गरौं बिगत देखि बर्तमान सम्म पनि नेपाल भित्र अन्तराष्ट्रिय नारी दिवस महिला हिँसा र लैगिक विभेद अन्त्य गरिनु पर्ने बिषयमाथि केन्द्रित थियो र छ पनि !!! दिवस मै सिमित नहोस् नारी दिवस यस्तो दिन आओस्, हरेक छोरीलाई गर्ब होस् आफू छोरी हुनुमा । नारी दिवस को शुभकामना ?