अर्घाखाँचीमा नेकपाकाे बाेर्ड हट्याे, नेकपा एमालेकाे जिल्ला कार्यालय स्थापना

217

घनश्याम पाैडेल
अर्घाखाँची, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्वाेच्च अदालतले मान्यता नदिएपछि एकता भएका नेकपा एमाले र नेकपा माअाेवादी केन्द्र छुट्टाछुट्टै रूपमा अगाडि बढेका छन् ।

पार्टी एकता हुदाँ तत्कालीन एमाले र माअाेवादी केन्द्रकाे पार्टी कार्यालय रहेकाे मदन अाश्रित भवनमा नेकपाकाे वाेर्ड हटाएर नेकपा एमालेकाे बाेर्ड राखिएको छ । नेकपाकाे पार्टी कार्यालय अब नेकपा एमालेकाे पार्टी कार्यालय भएकाे छ । पार्टी कार्यालय उद्घाटनमा तत्कालीन एमाले माधव नेपाल पक्षका नेता कार्यकर्ताकाे खासै उपस्थित रहेकाे छैन ।

माअाेवादि केन्द्रबाट केपि अाेलिकाे पक्षमा लागेका नेता कार्यकर्ताकाे भने उपस्थित रहेकाे एक नेताले बताए ।

कार्यक्रममा अध्यक्ष चेतनारायण अाचार्य, प्रदेश सभाका सदस्य रामजिप्रसाद घिमिरे लगाएतका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे छ ।