घनश्याम पाैडेल
अर्घाखाँची, २५ फागुन । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूकाे अाधारभुत तालिम सम्पन्न भएकाे छ ।

पहिलाे चरणमा ९ दिन र दाेस्राे चरणमा ९ दिन गरि १८ दिने तालिमकाे समापन गर्दै पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले स्वास्थ्य क्षेत्र सबैभन्दा महत्त्वपूर्ण क्षेत्र रहेकाे बताउँनुभयाे ।

पाणिनि गाउँपालिकाका हरेक नागरिक स्वास्थ्य क्षेत्रबाट बञ्चित नहुने गरि स्वास्थ्य चाैकिबाट सेवा लिन अाग्रह गर्दै अावश्यक अाैषधि गाउँपालिकाले व्यवस्था गर्ने बताउँनुभयाे ।

तालिमकाे समापन सत्रमा पाणिनि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, स्वास्थ्य कार्यालय अर्घाखाँचीका गिता भुसाल लगाएतले तालिममा सिकेकाे कुरा व्यवहारमा लागु गर्न अाग्रह गर्नुभयाे ।

अाजकाे तालिम धातिवाङ्ग स्वास्थ्य चाैकि ईन्चार्ज मित्रदेव पाैडेल र अडगुरी स्वास्थ्य चाैकि ईन्चार्ज पुनाराम भुसालले गर्नुभएको थियाे ।

तालिममा पाणिनि गाउँपालिका भित्रका स्वास्थ्य चाैकिका ईन्चार्ज तथा स्वास्थ्यकर्मीहरूबाट सञ्चालन भएकाे थियाे ।