महाशिवरात्री के हो?

836
सुदिप मरासिनी ।
हरेक महिनाको कृष्ण पक्षको चतुर्दशीमा शिवरात्री पर्छ।अर्थात Lunar Month को चौधौं दिन औंशी (New Moon) को एक दिन अगाडी।शिवरात्री महिनाको सबैभन्दा अँध्यारो रात्री हो।तर महाशिवरात्री भने फाल्गुनमा पर्छ।वेदमा भनिए अनुसार “मुखं वा यतत् संवत्सर यत् फाल्गुन” अर्थात फाल्गुन संवत्सर को मुख हो।
आज भगवान शिवको जन्मदिन भने होइन ,शिव त अनादि देव हुन् तरपनि के अनुमान लगाउन सकिन्छ भने फाल्गुन महिनाको कृष्ण पक्षमा सम्वत्सरको प्रारम्भ भएको थियो,नयाँ सृष्टिको रचना भएको थियो।त्यो समय अत्यन्त अन्धकारमय समय थियो,कृष्णमय समय थियो जतिबेला प्राणिक उर्जाद्वारा जैविक सृष्टि भएको थियो।प्राणिक उर्जा दृश्यमान छैन अर्थात देखीदैन किनकी यो कृष्णमय छ अर्थात अध्यारो छ। यहि अन्धकारमा कलल पैदा हुन्छ र कलल बाटै सृष्टिको निर्माण हुन्छ।हाम्रो शरीर अग्नि र शोम ( जल) मिलेर बनेको छ।
अग्नि भनेको विरल हो र जल तरल हो, विरल र तरल को मिश्रणबाट कलल पैदा हुन्छ र त्यसबाटै गर्वधारण हुन्छ।शिव वा रुद्र अग्नि हुन् ,उनी पुरुष तत्व हुन् जसलाई वृषा भनिन्छ र पार्वती शोम्या ( तरल) हुन् ,नारी तत्व हुन् ,जसलाई योषा भनिन्छ।वृषा प्राण तत्व हो,योषा रइ तत्व हो,योषा र वृषा को मिलननै दाम्प्त्य हो।जसबाट सृष्टि बन्छ,गर्वधारण पनि यसैबाट हुन्छ।यहि शिव पार्वतीको मिलनबाट नै सृष्टिको निर्माण भएको हो।यो समय महाशिवरात्री हो।