माओवादीमा फर्किन्नँ, माधव नेपाललाई एमालेमा स्वागत छ : रायमाझी

131
File photo

पोखरा । ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । माओवादी नफर्किने जिकिर गरेका उनले एमालेमा माधव नेपाल समूहलाई स्वागत गर्ने बताए ।

एमाले कास्कीले पोखरामा गरेको कार्यकर्ता भेटघाटमा रायमाझी पद जोगाउन माओवादी केन्द्रमा नफर्किने बताए । विचार, राजनीतिर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन सकिने उनको दाबी थियो । ‘सांसद पद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ,’ रायमाझीले भने ।

साबिकको नेकपा विभाजित हुँदा रायमाझीसँगै गृहमन्त्री रामबहादुर थापा, खानेपानीमन्त्री मणि थापा, शहरी विकासमन्त्री प्रभु साह लगायतका नेताहरु ओलीतिर लागेका थिए । सर्वोच्च अदालतको फैसलाले एकीकरण खारेज भएर एमाले र माओवादी ब्युँतिएपछि बादल, रायमाझीहरुले प्रधानमन्त्री ओलीको साथ छोडेका छैनन् । सांसद पद भए पनि ओलीको साथ नछोड्ने रायमाझीले दोहोर्‍याए ।