सालझण्डी देखी निगाली सम्म सड्क पिचँ भएपछि पर्यटकको आगमन वृद्धि हुन्छः सासंद घिमिरे

285

घनश्याम पौडेल
अर्घाखाँची, २७ फागुन । लुम्बिनी प्रदेश सभाका सदस्य रामजीप्रसाद घिमिरेले पाणिनी तपोभुमिको स्तरोन्नतीसँगै पर्यटन आगमनमा वृद्धि हुने बताउँनुभएको छ । पाणिनी गाउँपालिकाभित्रको पाणिनी तपोभुमि, दुर्वावेश्वर गुफा लगाएतका धार्मिक तथा पर्यटकिय स्थलहरु भएकाले प्रदेश सरकारले पर्यटन विकासमा ध्यान दिएको बताउँनुभएको छ ।

पाणिनी पर्यटन समाजले पाणिनीको दुर्गाफाटमा महाशिवरात्रीको पावन अबसरमा आयोजना गरेको चौथौ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सवको उद्धघाटन गर्दै पाणिनी पर्यटन समाजले धार्मिक तथा पर्यटकिय स्थलको विकासमा पर्यटन समाजको महत्वपुर्ण योग्दान रहेको बताउँनुभयो ।

उहाँले सालझण्डी–धोरपाटन सड्कको पिचँ भएसँगै पाणिनी तपोभुमिमा हजारौँ पर्यटकहरु भित्रिने बताउँनुभयो । सालझण्डी देखी निगालीसम्म २/३ वर्ष भित्रमा पिचँ हुने गरी काम अगाडी बढेको बताउँनुभयो ।

कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले पाणिनी गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षणमा गाउँपालिकाले ध्यान दिएको बताउँनुभयो । उहाँले पाणिनीका हरेक क्षेत्रमा विकास निमार्णका काममा गाउँपालिकाले ध्यान दिएको बताउँनुभयो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले पाणिनी ऋषिले तपस्या गरेको ठाउँ, ऐतिहासिक दुर्वावेश्वर गुफा सहित हरेक वडामा रहेका धार्मिक स्थलको स्तरोन्नतीमा गाउँपालिकाको ध्यान पुगेको बताउँनुभयो ।

कार्यक्रममा समाजसेवी लंकबहादुर केसीले अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सञ्चालन भएको एम्बुलेन्स सेवामा आर्थिक रकम सहयोग गर्न पाउँदा खुसी भएको बताउँनुभयो ।

कार्यक्रम पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामको अध्यक्षता, सचिव केशव बन्जाडेको सञ्चालनमा सम्पन्न भएको हो । उद्घाटन समारोहमा पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरे, नेकपाका नेता जिवनारायण कोईराला, वडा अध्यक्षहरु तथा दर्शकहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

सांस्कृतिक कार्यक्रम सञ्चारकर्मी अराज बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो । सांस्कृतिक कार्यक्रममा लोकगायक बद्री पंगेनी, लोकगायिका सुनितामी परियार, माईलाबा (विष्णु पाण्डे), स्थानिय कलाकार तिलक बेल्वासे, रुकमिणा घिमिरे लगाएतको बेजोड प्रस्तुती रहेको थियो ।