ब्रदी पंगेनी दर्शकको बिचँमा पुगेपछी दुर्गाफाटमा यस्तो रमाईलो……..

562

घनश्याम पौडेल
अर्घाखाँची, २७ फागुन । बिहिबारको दिन । महाशिवरात्रि पर्व त्यसै पनि रमार्ईलो । शिव भगवानको सम्झनामा देशभरका शिवालय मन्दिरमा भिड्भाड ।

शिवको दर्शन सँगै रमाईलो मेला हेर्न पाईने भएपछि दर्शकको उत्साहपुर्वक उपस्थिती । यो रमाईलो पल अर्घाखाँचीको दुर्गाफाट प्रागणको हो । दुर्वावेश्वर गुफामा भगवान शिवको दर्शन, भजनकृतनमा रमाईलोसँगै गुफाको प्रागंणमा पाणिनी पर्यटन समाजले आयोजना गरेको चौथौँ पर्यटन महोत्सव ।

पर्यटन महोत्सवमा चर्चित लोकगायक बद्री पंगेनीको आगमन हुनेभएपछि दर्शकको भरिभराउँ उपस्थिती ।

लोकगायक बद्री पंगेनीले दर्शकहरुको माझमा पुगेर गित गाएपछि दर्शकहरु झनै उत्साहित भएका थिए । पाल्पा स्थायी घर भएका बद्री पंगेनी मन थिएन जोगि बन्नलाई भन्ने गित सहित दर्जनौ गित गाएपछि निकै चर्चित भएका थिए ।
उनले समसामाहिक गित गाउँछन् । जसका कारण बद्री पंगेनी चर्चित कलाकार हुन । पंगेनीको प्रस्तुती हुनेभएसँगै स्थानिय बासीन्दाहरुको उत्साहपुर्वक उपस्थिती रहेको थियो ।

महोत्सवमा लोकगायिका सुनितामी परियार, माईलाबा ९विष्णु पाण्डे०, स्थानिय कलाकार तिलक बेल्वासे, रुकमिणा घिमिरे लगाएतको बेजोड प्रस्तुती रहेको थियो । सांस्कृतिक कार्यक्रम सञ्चारकर्मी अराज बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो ।