पाणिनीमा ८ वटै वडाको सहभागिता रहेको वडा स्तरिय भलिवल प्रतियोगिताको सुरु

349

घनश्याम पौडेल
अर्घाखाँची, २८ फागुन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा वडा स्तरिय भलिवल प्रतियोगिताको सुरु भएको छ ।

८ वटै वडाको सहभागिता रहेको भलिबल खेल प्रतियोगिताको उद्घाटन गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले खेलकुद क्षेत्र महत्वपुर्ण रहेको बताउँनुभयो ।

उहाँले स्वस्थ र राष्ट्रका लागी खेलाडी आवश्यक रहेको बताउँदै गाउँपालिकाले खेल क्षेत्रलाई ध्यान दिएको बताउँनुभयो ।

खेलकुद क्षेत्रको विकास सँगै पाणिनी गाउँपालिकाले जिल्ला, प्रदेश हुदैँ राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नका लागी गाउँपालिकाले ध्यान दिने बताउँनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले पाणिनीका खेलाडीको पहिचान चिनाउँनका लागी यस खेलको भुमिका महत्वपुर्ण हुने बताउँनुभयो ।

खेलकुदमा प्रथम हुने टिमलाई ५० हजार, द्धितियलाई ४० हजार र तितियलाई २८ हजार पुरस्कारका साथमा शिल, मेडल र प्रमाणपत्र दिईने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले बताउँनुभयो ।

उद्घाटन समारोहमा वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी तथा स्थानियको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन समारोह पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरको अध्यक्षता, इन्जिनीयर मोहराज पौडेलको सञ्चालन र शिक्षा शाखा प्रमुख तेजप्रसाद खनालको स्वागतमा सम्पन्न भएको हो ।

आज भएको खेलमा पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरीलाई पराजित गर्दै वडा नं. १ पणेना विजयी भएको छ । त्यस्तै वडा नं. ३ खिदिमलाई पारजित गर्दै वडा नं. ४ पटौटी विजयी भएको छ । भोलि बिहानको पहिलो खेल पाणिनी ६ धातिवाङ्ग र पाणिनी ८ पालिका बिच प्रतिस्पर्धा हुने सहआयोजक संस्था पाणिनी स्पोर्टस क्लबका सचिव लक्ष्मण गौतमले बताउँनुभयो ।