नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश स्तरिय अन्तरक्रियात्मक कार्यक्रम बुटवलमा सम्पन्न

357

बुटवल ।

नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश द्वारा आयोजित राष्ट्रिय अनुसन्धानका लागि नेपाल स्वयंसेवक संघको मेची महाकाली जागरण अभियान तथा अन्तरक्रियात्मक कार्यक्रम फागुन २६ गते रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ् । नेपाल स्वयंसेवक केन्द्रिय अध्यक्ष खेमराज पौडेल ज्युको प्रमुख अतिथ्यता एवं नेपाल कृषि श्रमिक संघ केन्द्रीय अध्यक्ष बिमला गैरे ज्यु विशिष्ट अतिथ्यता र नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश अध्यक्ष शिवराज पोख्रेल ज्युको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन नेपाल स्वयंसेवक सघं पाल्पाका सचिव नारायण घिमिरे `भावुक´ ज्युले गर्नु भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष पोख्रेलले नेपाल स्वयंसेवक संघको पहिलो पटक संस्थाको ब्याच उद्घाटन भएको घोषणा गर्नुभएको थियो । त्यसैगरी दोसल्ला खादामा नेपाल आत्म निर्भर नभएको र ठूलो आर्थिक लगानिमा देशमा दोसल्ला खादा भित्रीने कारण नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशले अतिथिलाई खादा तथा दोसल्लाले स्वागत नगर्ने पनि कार्यक्रम संचालक ज्युले घोषणा गर्नुभएको थियो ।

कार्यक्रम बोल्दै पोख्रेलले केन्द्र बाट आएको सहि निर्देशन आफुले जिल्लालाई मिलाउदै प्रदेशले गर्न सक्ने कुनै कसुर बाकी नरहने बताउनुभयो । नवलपरासी जिल्ला अध्यक्ष बिक्की डुम्रेले आफ्नो जिल्ला लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सक्रिय रहेको मन्तव्यमा दाबी गर्नुभएको थियो । त्यसैगरी रुपन्देही प्रवक्ता आयुसा कंडेलले आफुले संस्थाको अभियानका नाममा एक रुपैयाँ दान महादानको सुरुवात गरेको र अब पुस्तक बैंक खोल्ने सोच रहेको बताउनु भयो । त्यस लगत्तै कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य सुशील खत्रीले आफुले पुस्तक बैंकलाई एक हजार पुस्तक दान गर्ने वाचा गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय अध्यक्ष खेमराज पौडेलले आफुले संस्थाको प्रगतिको लागि निस्वार्थ दिन रात नभनी काम गरिरहेको र गरिरहने बताउनुभयो ।

मेची महाकाली जागरणको क्रममा आएको केन्द्रिय टोलिमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामु बेल्बासे, केन्द्रिय सदस्य सुशील खत्री, गुरुकुल विभागका केन्द्रिय सदस्य मेघनाथ आचार्य,वरिष्ठ समाजसेवी प्रविण पौडेल त्यसैगरी नेपाल स्वयंसेवक युवा संगठनका केन्द्रिय अध्यक्ष जन्जित पुरुष, केन्द्रिय उपाध्यक्ष जीवन भुसाल,केन्द्रिय कोषाध्यक्ष प्रकाश पोख्रेल सहित दैनिक यात्रा मिडियाको केन्द्रिय बजार व्यावस्थाक एवं नेपाल स्वयंसेवक संघ केन्द्रिय सदस्य सोनु अधिकारी ज्यु सहभागी हुनुहुन्थ्यो ।

करिब ४ घन्टा भएको कार्यक्रममा लुम्बिनी प्रदेश बाट प्रदेश उपाध्यक्ष सीता अर्याल ज्युको स्वागत मन्तव्य र प्रदेश सदस्य विष्णु खनाल एवं जिल्ला प्रतिनिधि बाट रुपन्देही देखि जिल्ला अध्यक्ष नितु भन्डारी एवं प्रवक्ता आयुसा कंडेल, गुल्मी जिल्ला अध्यक्ष चुरामणी पान्डे, नवलपरासी अध्यक्ष बिक्की डुम्रे ज्युको मन्तव्य रहेको थियो ।