विवेकशिल साझा स्वास्थ्यवाद, शिक्षावाद, शुसासनवाद र जनतावादमा विश्वास गर्छः रविन्द्र मिश्र

372

लक्ष्मण घिमिरे ।
अर्घाखाँची ।
 विवेकशिल साझा पार्टीका केन्द्रिय अध्यक्ष रविन्द्र मिश्रले वर्तमान राजनितिक संरचनाबाट देशमा परिवर्तन नआउने बताएका छन् । राजनितिक संरचनानै गतल भएको भन्दै यसबाट धेरै ठुलो अपेक्षा गर्न नहुने उनले बताए ।

सन्धिखर्कमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता मिश्रले हालका राजनितिक दलहरुले जनताका अधिकार र मानसिकता अपहरण गरेको बताए । ‘प्रमुख दलहरुले जनतालाई समृद्धी, विकास, अधिकार र शुसासन दिन सकेन,उनले भने,‘जनताको मानसिकतानै अपहरण गरेर राखिएको छ ।’ अन्यदलहरुले समाजवादको नारा दिईरहेको उल्लेख गर्दै उनले आफुहरु स्वास्थ्यवाद, शिक्षावाद, शुसासनवाद र जनतावादमा विश्वास गर्ने पार्टी भएको बताए । विभिन्न आकर्षित नारा बनाएर जनताको मानसिकतासंग खेलवाड भईरहेपनी आम नागरिकले पुरानो मानसिकता त्याग्न नसकेको उनको भनाई छ ।

देशका पुराना पार्टीहरुले अवलम्बन गरेका खोक्रा नितिका कारण देशमा बेरोजगारी, भ्रष्टाचार र कुशासन बढेको उनले बताए । तल्लो तहदेखी माथिल्लो निकायसम्म बेथिती बढेको भन्दै उनले अहिले नेतृत्व गरिरहेका पार्टीबाट यसको न्युनिकरण हुन नसक्ने बताए । मुल राजनितिक पार्टीहरुनै धमिलो भएको भन्दै उनले विवेकशिल साझा पार्टीले यसको मुहानबाटै सफाई अभियानमा लागेको बताए । अबको समुन्नत नेपाल विवेकशिल साझा पार्टीबाट मात्र सम्भव रहेको उनको भनाई छ ।