काठमाडौं, २ चैत्र । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर भेट्नको लागि अनुरोध गरेका छन् ।
आज अपरान्ह माओवादी केन्द्रको बैठक चलिरहँदा प्रधानमन्त्री ओलीले भेट्नको लागि दाहालसँग आग्रह गरेको प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले जानकारी दिईन् । तर, दाहालले तत्काल भेट्नको लागि आनाकानी गरेका थिए ।
तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ । माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीको बैठक चलिरहेको छ ।
प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु,’ दाहालनिकट ती नेताले भने । बिहान बेलुका समय मिलाएर भेटौँला प्रचण्डको जवाफ थियो ।
आजमात्रै, एमाले शीर्ष नेताहरुबीच छलफल भएको थियो । सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग-अलग भएका छन् ।