प्रभावकारी अनुगमन अहिले आवश्यकता रहेको प्रदेश सभा सदस्य आर्चायको भनाई

214

अनिल नेपाली
अर्घाखाँची, ३ चैत्र । लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आर्चायले अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा विकास योजनामा ढिलासुस्ती हुने गरेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यलय,घरेलु तथा साना उधोग कार्यालय, सन्धिखर्क नगरपालिकाको आयोजनामा विश्व उपभोक्ता अधिकार दिवश बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले विकास योजनाको क्वालिटीमा कम्परराई नगरि अगाडि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

जिल्ला समन्वय समितिका सभापति पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले अनुगमनलाई थप प्रभावकारी बनाउने गरि अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा राजनीतिक दलका तर्फबाट राजमोका गोविन्द विसि,उधोग वाणिज्य सघका उपाध्यक्ष नेत्र प्रसाद भुसाल,नेपाल पत्रकार महासघका उपाध्यक्ष गणेश खनाल लगाएले मन्तव्य राख्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारि विष्णु पौडेलको अध्यक्षता,घरेलु कार्यालयका कार्यलय प्रमुख केशव सुनारको सञ्चालन र सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सहयाक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।