अच्युत गौतम
गुलेरिया बर्दीया ।
असारको बर्खा मौसम । आकाशबाट पानी खस्छ कि जस्तो भैरहेछ । आकाश जमिनरसाईरहेको छ । आकाश धुम्म छ । रङ्गिबिरङ्गी चराचुरुङ्गी देखिने आकाशनिस्पस्ट अँध्यारो जस्तो भएको छ । आकाशको यस्तो अवस्था देखेर चराचुरुङ्गीआज आफ्नै गुड भित्र बसेका छन सायद । बाहिर निस्कदा कुनै भयङ्कर दुर्घटनाआउदै छ भन्ने अड्कलेर बाहिर चारो खोज्न ननिस्किएका हुन कि? । अनि कहिकतैआभा सहितको सुर्य देखिएको छैन भ्यागुतोहरु बाजा बजे झै एकनास ट्वारट्वारकराईरहेका छन । भने । रातमा झ्याउकिरिहरु कराईरहेका मात्र हुन्छ्न ।
बर्खाको मौषम , सबै मान्छे आफ्ना आफ्ना खेतमा काम गरिरहेका छन ।
आकाश रोईरहने मौषाममा हामी बसाई सरेका छौ । पहाडबाट तराई ।हामी बसाई सर्नुको उदेश्य केहि थिएन आफ्ना मान्छेहरु सबै बसाई सरेर आईसकेका थिए । बाले आफुलाई एक्लो सोच्नु भएको थियो । आफु एक्लो बस्न गाह्रो भएर नै बसाई सर्नु भएको थियो ।
हामी पहाडबाट बसाई सरेको पर्सीपल्ट हामिलाई अलि आफ्ना नजिकका मान्छेभनिएका को घर नजिकै काकिको खाली रहेको जग्गामा सानो छाप्रो ,खर , खामो, बेस्रमको ससाना भाटा प्रयोग गरेर २-३ जना गाउलेको सहयोगमा कटेरो बनाईदिएरबा हिड्नु भयो ।
काला पहाड ।
कालापहाड हिड्नु अघिल्लो साँझ , बाआमा म दिदी सबै सबै सुखौना/दुखौना गफ गरिरहेका थियौ । म आमाको काखमागुटमुटिएको थिए । अरु सबै अगेनाको डिलडिलमा बसिरहनु भएको थियो । खुट्टाअगेनाको अघिल्तिर तेर्साएर ।
बा आमालाई भनिरहनु भएको थिए । , सबै सङमिलेर बस्नु, सबै यहाँ आफ्नै मान्छेहरु छन , काकी लाई सहयोग गर्नु । यीकेटाकेटीलाई स्कुल भर्ना गरिदिनु । म अलि केही पैसा कमाउछु । पहाड्बाटभएभरको सम्पत्ति बेचेको पैसाले नपुग्ला जस्तो छ यहाँ केही गर्न । कालापहाडबाट आएपछी आफ्नै खेत किनौला, आफ्नै घडेरी किनौला र सानो कटेरो बनाएरआफ्नै जग्गामा बसौला । बाले यति भन्दै गर्दा आमा केही बोल्नु भएन , हुन्छ्को भावमा टाउको हल्लाईरहनु भयो मात्र ।
बा फेरि फलाक्न थाल्नु भयो। पहाडबाट ल्याएको पैसा अहिले हामिलाई केही चाहिदैन । यी काकिलाई चाहिएको छरे यतै दिउ है? बाले आमालाई सोध्नु भयो ।
झुकाईरहेको टाउको साविक भन्दा उठाउनु भयो र आमाले भन्नू भयो, “हामिलाई चाहिएका बेला दिन्छन त यी हरुले?”
देलान नि दिन्छु भनेका छन , सोचमग्न हुनु भयो बा ।
अलि अलि मलाई पनि त चाहियो । घर खर्च चलाउन परो । आमाले बाको अनुहार हेर्दै भन्नुभयो ।
बाकेही बोल्नु भएन । सलुकाको गोजि बाट पैसा निकाल्नु भयो र १० पटक गन्नु भयो। ल १० हजार छ भनेर आमाको काखमा फाल्दिनु भयो जहाँ म गुटमुटिएको थिए ।आमाले त्यो पैसा मिलाएर हातमा राखिराख्नु भयो ।
केही पर्यो भने भान्जलाईभन्देको छु । बाका भान्ज जो हामी भन्दा अगाडि पहाडबाट बसाई गरेर आईसक्नुभएको थियो । चामल तरकारी केही ल्याउन परे भान्जलाई भन्नू । पैसा चाहिए निभन्नू सहयोग गर्छु भनेका छन ।
बा भोलिपल्ट हामी नउठ्दै भाले बासेको स्वरमा हिड्नु भएछ ।
नजिकैको स्कुलमा आमाले हामिलाई भर्ना गरिदिनु भयो ।
बर्खाबिस्तारै सकिदै थियो । गाउमा प्राय जसो सबैले धान रोपेर सकेका थिए । हामीकहि कतै कसैको रोपाईमा गएनौ । कसैले बोलाउदा पनि बोलाएनन । नबोलाए पछि किनजानू?
महिना दिन बित्यो ।
हामी एकदिन ठुलाबाका घर गाउँ बस्न गएका थियौ ।
त्यसको भोलिपल्ट ,
हाम्रो कटेरोबाट पहाडबाट ल्याएर आएका समानहरु (आसि,कुटो,कासको थाल ) हराए । अर्को दिन फेरि कोदलो हरायो ।
आमाले सोध्नु भयो,” कसैलाई दियौ तिमिहरुले ” नाई आमा कसैलाई नि दिएनौ हाम्ले त । सबै दिदी भाईको एकै स्वर भयो ।
आमाले म तिर हेर्नू भयो र भन्नू भयो,”तैले बेचेर मिठाई खाईस? म रोईहाले । मलाई के चाहियो। आमा केही बोल्नु भएन ।
रनफनिदै आमा बाहिर निस्कनु भयो र काकिको घर तिर सोझिनु भयो ।
हाम्राआबाट केही सामान ल्याउनु भाछ? आमाले यति के सोध्नु भाथ्यो । काकी त्यसैझन्किन , हाम्लाई चोर भन्ने ? झन तिमिहरुलाई आफ्नो मान्छे भनेर बस्न दिएको छ। नानाभाती केके भनिन के के काकिले ।
तपाईंलाई चोर कस्ले भनेको छ र ? आफै पो झस्किनु भयो त? आमाले तिनको हाउभाउ हेर्दै सोध्नु भयो ।
उनी केही बोलिनन । हतारिदै भित्र राखेको कोदालो देखाईन यो तिम्रो हो? आमालाई सोधिन ।
खेतआबाट लिएर राखेको । काकी फेरि आफै बोलिन ।
आमालेहो मेरो हो! भन्नू भयो र ल्याएर आउनु भयो । आमा रनफनिनु भयो । अनि मुलढोकाबाट आमा तिर चिह्याईरहेकी दिदी लाई कोदालो राख्न दिनु भयो । अनि भन्नूभयो जा दोकान गएर ढोकामा लाउने ताला र साचो लिएर आइज ।
दिदी झट्टै दौडेर गईन । ल्याएर आइन पनि । अनि अर्को दिन देखि घर छोडेर जहाँ जादा पनि ताल्चा लगाएर जाने गर्नु भयो आमाले ।।
त्यही कुराले
काकीसङ मनमुटाब सुरु भयो । साझपख सधै गाईको दूध दिने काकिले दूध दिन छाडिन। साझँमा आमा सँग गफ गर्न आउने काकि आउन छाडिन , बोलिरहने काकि बोल्न छाडिन , हामिलाई को हो को नचिनेको भावमा हेर्न थालिन ।
हाम्रोधारा सङ्गोल थ्यो । आफुले धारा प्रयोग गरे पछि धाराको नट बोल्ट निकालेरराख्दिन थालिन । हामी अर्को छिमेको धाराको पानी प्रयोग गर्न थाल्यौ ।
गाउँले सङ हाम्रो कुरा काट्न थालिन ।
घरमाचामल सकियो । बाले भान्जलाई भन्नू भनेर गएकोले आमा भान्दाईलाई भन्न जानूभयो । भान्दाईले तुरुन्तै साईकलमा एकबोरा चामल ल्याएर राख्दिनु भयो । हामीत्यही खाईरह्यौ ।
काला पहाड गएको ९ औ महिनामा बा आउनु भयो । सङै हाम्रा केही थान खुसी पनि आएका थिए । एक बोरो स्याउ बोकेर ल्याउनुभएको थियो । कोठा भरी स्याउनै स्याउ भए । घर स्याउमय भयो । गाउँ तिरछिमेकमा दियौ । आफुले खायौ । मैले त स्याउ नै स्याउ खाए खाना नखाएर । बाभन्नु हुन्थ्यो , अई कान्छा धेर नखा है पखाला लाग्छ । म बाको कुरा नसुनेझै गरेर खाईरहन्थे ।
कालापहाडबाट बा आएको भोलिपल्ट हाम्रो र काकिको मनमुटावभएको ,बोलचाल नभएको थाहा पाउनु भयो । आमालाई झपार्नु पनि भयो । त ९ महिना पनि मिल्नसकिनिस है? आमा घोसेमुन्टी लाईरहनु भयो ।
बालाई काकिले कुरा लाउनभ्याईसकिछन । बा भन्दै हुनु हुन्थ्यो ,” तिमिहरुले रोपाईमा नि सहयोग गरेनौरे? “पशुबस्तु रेखदेख गरिदिएनौ रे ?
आमा घोसे लाएको मुन्टो अलि उठाउदैबोल्नु भयो , बोलाए पो जाने , के हामी यहाँ गोठालो बसेको होर? कसैको ज्यानत्यसै फालेको छ र आफ्नो दुख यस्तै हुने हो चामल किनेर खानैपर्ने छ । नयिनिहरुले हाम्लाई चामल दिन्छन। नकेही सहयोग गर्छ्न । आमा रिसले चुर हुदैयति ओकल्नु भएको थियो ।
बा केही बोल्नु भएन । मौन बसिरहनु भयो ।
बा आएको ३ दिन महिना पछि।
बालाई खोज्दै ठुलाबा आउनु भयो र बा सङ खासखुस गर्नु भयो ।
हातले दक्षिण तिर हात तेर्साउदै उ त्यतै हो भन्नू भयो । बा र ठुला बा दक्षिण तिर लाग्नु भयो र केही बेरमा नै आईपुग्नु भयो ।
ठुलाबागैसके पछि आमालाई बाले भन्नू भयो । उ परअ (दक्षिण तिर हात देखाउदै) जग्गाहेरेर आए , त्यरा जेठाजु सङ , राम्रै छ अहिले लालपुर्जा छैन रे पछि बन्छभनेका छन । उतै जाने होत? बाले सोधेको प्रश्न खस्न नपाउदै , जाने जाने यहाबस्ने हैन । कति टोकेसो सहिरहने । यी सङ हाम्ले दिएको पैसा माग्नु हामी निआफ्नो धान फलाउने खेत किन्नु पर्छ । आमाले भन्नू भयो ।
बा केही बोल्नु भएन ।।
कालापहाडबाट कमाएर ल्याएको पैसाले त्यो लालपुर्जा नभएको जग्गा किन्नलाई ठुलाबाको घर गएर ठुलाबाको हातमा पैसा थमाईदिनु भयो । बाले ,
अनि
हामी त्यो काकीको जग्गामा भएको घर छोडेर नया ठाउँमा आयौ । आमाले भन्नू भयो। आज आफ्नै जग्गामा आईयो आज सुकिलो निन्द्रा लाग्छ कि । दिदिले भनी आमाआज आफ्नै घर आइयो , पेट भरी खाना र पानी खान पाइन्छ होला है? आमा केहीबोल्नु भएन । किन भने धारा गाडिएकै थिएन । १-२ दिन पछि धारा गाड्नेमान्छेहरु आए र धारा गाडिदिए । धाराबाट पानी आएको दिन सबै खुसि भयौ ।
नयाबनेका छिमेकी सङ राम्रो सम्बन्ध बन्दै गयो तर काकी सङ बिग्रीएको हाम्रोसम्बन्ध कहिल्यै सुध्रिएन । हामी पनि काकिकोमा गएनौ , बा भने काकिकोमागैरहनु हुन्थ्यो । यहि कुरामा बा र आमाको सानोतिनो झगडा भैरह्यो ।किनकि उनिहरु हाम्रोमा आउदैन थे । उनिहरु नआउने र बा जाने भएकाले पनि आमा रिसानु हुन्थ्यो ।
बिहानउदाएको सुर्यबाट घाम जन्मिदै थ्यो । आमा जुठेल्नामा उम्रीएका खुर्सानिकाबेर्ना गोडिरहनु भएको थियो । बा नुहाईसकेपछी बार्दलिमा बस्दै घाममा आफ्नोआङ सेकाईरहनु भएको थियो । आमाले खुर्सानिको बेर्नाको बिचबाट झार उखेल्दै भन्नू भयो , आज काकिका गएरआफुले दिएको पैसा मागेर लिएर आउनु । बा केही बोल्नु भएन , आमा फेरिच्याठिनु भयो , सुन्नु भएन? उताबाट पैसा मागेर ल्याएसी , आफ्नै खेत किनौला , आफ्नै खेतमा धान लगाउला , चामल किनेर खान त पर्दैन नि , खेत किने पछितपाईं नि काला पहाड जानू पर्दैन ।
बा केही नबोली , खामोमा झुन्ड्याएकोसलुका लगाउनु भयो , जाङ्ग्या लगाउनु भयो । र लाग्नु भयो काकीकोमा आमालेबा गैरहेको हेर्नु भयो । बा काकिको घर नपुग्नजेल हेरिरहनु भयो ।
बा उदाईसकेको घाममा बैँस चढे पछि बल्ल काकिको घरबाट फर्कनु भयो । बा केही बोल्नु भएन ।
आमा बोल्नु भयो,”ल्याउनु भयो?
नाई!,
किन? के भनिन त?
कालापहाड गएका काका आएपछी दिन्छु भनेकी छिन । बाले भन्नू भयो । छिटो बनाईदिनुभनेको छु , बाले लगाएको सलुका खोलेर खामोमा राख्दै गर्दा भन्नू भयो ।
आफ्नोखेत नभएकाले चामल किनेर खाने क्रम चलिरह्यो । आफ्नो खेत हुनेहरु असारमाधान रोप्थे , फलाउथे, असोजमा धान काट्थे र भित्र्याउथे ।
जाडो सुरु हुँदै गर्दा फेरि बा काला पहाड जानू भयो ।
आमालाई बाले पहिले भने जस्तै भन्नू भयो , काला पहाड हिड्नु भन्दा अघिल्लो रात ।
अहिले बाले आमाले चामल किन्ने साहु चिनाईदिनु भएको थियो । चामल सकिदा आमाआफै नाम्लो बोकेर लिन जानू हुन्थ्यो । म पनि पछि पछि जान्थे ,
आमाचामलको बोरोमा नाम्लो लगाईसके पछि पछाडीबाट घचट्न लाउनु हुन्थ्यो । मबिस्तारै घचट्थे । घचट्दा बित्तिकै आगाडी गएर आमालाई हात दिन्थे , आमाउठ्नु हुन्थ्यो र हामी बिस्तारै घर तिर आउथियौ ।
समय जसो तसोचलिरह्यो । बा सङ बोल्ने भनेको काला पहाडबाट घर आए पछि मात्र । न बा सङ फोनथ्यो न हामी सङ । बा सङै गएकाहरु छिटै घर फर्किए भने उनिहरुले बा बारे खबरल्याएर आउथे । अनि हामी बा बारे थाहा पाउथियौ ।
जाडो सकिदै थ्यो ।घाम अलि अलि झुल्किने गर्थ्यो बेला बेला । घाम लाग्दा हारेको खेल जित्दाहुने खुसी जस्तै खुसी लाग्थ्यो । घर देखि अगाडिका रुख काटे पछि बिहानकोघाम सिधै हाम्रो घरको आगनमा आईपुग्थ्यो ।
तर आमाले बाख्रालाई खान घाँस चाहिन्छ भनेर अगाडिका रुखहरु काट्नु भएको थिएन ।
शनिबारकोदिन काम थिएन । पढेर बसिरहेका थियौ हामी भाई बैना , आमा घर नजिकको खेतमालगाएको आलु गोड्दै हुनुहुन्थ्यो । बा झ्याप्प आगनमा झुल्किनु भयो बिहानझुल्किएको घाम जस्तै । म बाको गोडाआ परे । दिदिहरुले नमस्ते गरे , बादिदिको गोडामा झुक्नु भयो । पानी ले त खाम बाले भन्नू भयो । नल्काबाट पानीतानेर दिदिले दिईन । “आमा खै” भिरेको झोला बार्दलिमा राख्दै म तिर हेर्दैसोध्नु भयो । खेतमा भन्दै
मैले बोलाए आमा लाई , “आमा””आमा” , आमा खेत बाटै “है” भन्दै म तिर हेर्नू भयो ।
आगनमा बालाई देख्नु भयो । खेतबाट आलु गोड्दा गोड्दै घर आईपुग्नु भयो । आमा बाका गोडामा झुक्नु भयो ।
बालेपहिले जस्तो काला पहाडबाट खाने कुरा केही ल्याउनु भएको थिएन । न पहिलेजस्तो स्याउ ल्याउनु भएको थियो न केही म यस्तो देख्दा निराश भएको थिए । मनिरास भएको देख्दा बाले चौरी गाई भएको रातो ५ को नोट म तिर ला मिठाई खाभनेर हुर्याईदिनु भयो । । म निधारमा टासेर दौडिए दोकान तिर । म चङ्गाभएर उडे । म बेजोडले दौडिए ।
भने
बा भोलिपल्ट देखि जग्गाको खोजिमा दौडिनु भयो । धेरै पैसा कमाउनु भएछ बाले जस्तो लाग्यो । बा पहिले भन्दा दुब्लाउनु भएको थियो ।
बाकालापहाड बाट आएको ५ औ दिन पछि मगर मामा को नदि पारी भएको जग्गा किन्नुभयो र आमाको नाममा गरिदिनु भयो । मगर मामा हाम्रो मामा घर तिरको भएकोलेमामा भन्ने गर्थ्यौ ।
साझपखको खाना खादै गर्दा आमाले भन्नू भयो , फेरि एकपटक काकिकोमा जानुन पैसा माग्न ! १ वर्ष भैसक्यो ।
काका पनि कालापहाडबाट आएका छन रे ।
बाकेही नओकली खान खाईरहनु भयो । खाएर बिस्तरामा पल्टिएर सोचमग्न हुनु भयो , भोलि जाम्ला सत्यको धन भए आउछ , असत्यको धन भए क्यार्नु माया मार्ने त होला , भन्नू भयो ।आमा निरास हुनु भयो ।
भोलिपल्ट बा काकी कै घर जानू भयो ।हामी आगनमा लुडिबुडी गरिरहेका थियौ । आमा खाना पकाउने सुरसार गर्दै हुनुहुन्थ्यो । दिदी तरकारी काटिरहेकी थिइन । बा गएको १० मिनेट जति भएको हुदोहो ।
कोकोहोल भएको ठूलो आवाज आयो । झन ठूलो आयो । आमाले एकसुरो भएरसुन्नु भयो । काकी कै घर तिरबाट आएको आवाज थ्यो त्यो । आमाले भन्नू भयो जा तकाकिका घर तिर कहि बा सङ त झगडा परेन । म बेजोड सङ दौडिए ।
बा आगनमा रनफनिदै हुनु हुन्थ्यो । हो रैछ त आमाले भने कै कुरा बा सङ नै झगडा पर्या रैछ । टाढैबाट देखे ,
बारिसले चुर हुनु भएको थियो । म नजिक पुगेर आफ्ना हत्लेकाले बाका हत्केला समात्दा तातो हुनु भएको थियो । ल घर हिड जाउ भन्दै मलाई हातले तान्नु भएकोथियो । रिसाएका बा घर आएर आमा लाई भन्नू भएको थियो , काकिको आगनमा पुग्दाकाकाकाकिको भनाभन परिरहेको थियो । खै मलाई देख्दा त्यस्तो गरेकि पहिल्यैदेखि गरेका थिए अड्कल्न सकिन । म बाहिर आगनमा बसे ।
उनी हरु अलिसान्त देखिए पछि , भने म त पैसा माग्न आए । मेरो पैसा देओ , मैले नि जग्गाकिन्छु । मेरा पनि जहान छोराछोरी छन । काका च्याठिएर भने, कत्रा कत्रा साहुघर आका छैनन जाबो ४०-५० हजारका साहु घर धाएका छन ।
हेर्नुहोस काकाहाम्रो १० हजार भए पनि इमानले कमाएको हो । हाम्लाई जति पैसा भएपनि हाम्रोहो । दिनु पर्यो जग्गा पाईएको छ । किन्नु छ ।
काकी बोलिन , हाम्लाई त्यरा सन्तान हाम्रो घरमा बसेको भाडा दे कोहिले त्यसै बस्न दिन्छ? अर्काका जग्गामा ।
ल कति हो भनअ भाडा तिमिहरुको । भाडा काटेर मेरो पैसा देओ ! बा सङ बाजाबाज भएछ ।
काकी ठूलो ठुलो स्वरमा कराउन थालिछन ।
झन्केर म दिन्न पैसा! के गर्नी होस गर ।
यति भने पछि ।
बाले टाउकोमा लगाएको ढाकाटोपी झिक्नु भयो र गोडामा राख्नु भएछ । र बा पनि जोड सङ कराउनु भएछ ।
अनि सोचे यस्तो भए पछि
बाको ठुलो स्वर भएछ । बा रिसले चुर हुनु भएछ ।
रिसले चुर हुदा बाको आवाज घर सम्म आईपुगेको रहेछ ।
बाअब ठुला बा का जाने हुनु भयो । ठुला बा गाउँमा जान्ने बुझ्नेहुनुहुन्थ्यो । गाउमा बुझक्कड हुनु हुन्थ्यो अरु भन्दा , ठुलाबालाई गाउँ लेपत्ताएको थियो ।सानो सानो झगडा मिलाउन नी ठुलाबा जानू हुन्थ्यो । ठुलाबाअलि शिक्षित भएकाले पनि अलि गहकिला कुरा गर्नु हुन्थ्यो । चिया चौतरामामान्छेहरु ठुलाबाका गफ सुनेर बसिरहेका हुन्थे । अड्डा अदालतमा ठुलाबालेचिनेका मान्छेहरु थिए ।
खानाखाई ओरि बा हिड्नु भयो ठुला बालाईभेट्न । ठुला बालाई भेट्दा म कुरा गरौला उनी हरु सङ भन्नू भएछ । बा अलिआशाबादी अनुहार लिएर घर फर्किनु भयो ।
१ हप्ता बित्यो २ हप्ता बित्यो ३ हप्ता बित्यो । ठुलाबाले एकदिन बालाई बोलाउनु भयो । बा सङै म पनि दौडिदै गए
काकाकाकी ठुलाबाको आगनको कुनामा बसिरहेका थिए । बा पनि एक कुनामा गएर बस्नुभयो । बा केही बोल्नु भएन , बा नबोले पछि म नि बोलिन , बा सङै बा बसेकैठाँउमा लुसुक्क बसे ।
ठुलाबा भित्रबाट बस्ने मुडा ल्याउदै हुनु हुन्थ्यो ।
कुनामा बसिरहेका बा लाई पिडिमा बस्न भन्नू भयो । काका
काकिहरुलाई पनि पिडिमै बस्न भन्नू भयो ।
अनिभन्नू भयो , ” तिमी हरुको के हो?” कोस्ले कोस्लाई कतिकती पैसा दिन छ? ठुलाबाले ठुला ठुला आखाले काकी र बा तिर नियाल्दै सोध्नु भयो ।
बालेसरसर्ती भन्नु भयो,” मैले यिहरुलाई(काकीहरु तिर देखाउदै) पैसा दिएको होकेही दिन काम चलाउ भनेर अहिले सम्म दिएनन । उ बेला तिमिहरुलाई जस्बेलाचाहिन्छ उसैबेला दिन्छु भनेका हुन अहिले सम्म केही चालचुल गरेका छैनन , यत्रो समय सम्मको ४ रुपैयाँका दरले ब्याज दिनु पर्छ , बाले अड्डि कस्नु भयो।
काकिले आफ्नो अड्डि कसिन , हाम्रो घरमा बसेको भाडा चाहियो भनेर ।
ठुलाबा हेरिरहनु भयो आफुआफुले आफ्ना आफ्ना कुरामा अड्डि कस्दा ।
केही छिन यस्तै कुरामा समय रुमलियो । ठुला बाले गम्भीर रुपमा भन्नू भयो ,ल ठिक छ उस्ले ब्याज नलग, उस्ले घरमा बसेको भाडा नलग ।
सबमुखा मुख भए । बाले फेरि अड्डि कस्नु भयो । नाई हुदैन दाजि , मेरो पैसाधेरै छ ब्याजबाट कटाएर भए पनि ब्याजको पैसा बच्छ । बाले अड्डि कस्नु भयोआफ्नो कुरामा फेरि । काका काकी केही बोलेनन ।
ठुलाबा आफू बसेको ठाउँबाट उठ्नु भयो । बालाई बोलाउनु भयो र करेसा तिर जानू भयो । म पछि पछि गए ।ठुला बा ए त नआईज भन्दै हुनु हुन्थ्यो । म जबरजस्ती गए ।
ठुलाबा लेबालाई भन्नू भयो , हेर कान्छ यति पैसा भए पनि लग अहिले यिनिहरु सङ पैसा छपछि यहि पैसा पाउन नि मुस्किल हुन्छ तिमिहरु लाई । त ब्याजमा नअड्कि आफ्नोसावा भए पनि लैजा । यिनीहरुले अस्ति मैले कुरा गरे देखि सजिलै दिन्छुभनेका छन । बाको टाउको मुसार्नु भयो ठुला बाले र हामी आगनमा आइपुग्यौ ।
बाले भन्नू भयो दाजी तपाईले जे भन्नू हुन्छ त्यही गरौ अब ।
बालेआफुले दिएको के केती सावा पैसा थियो भन्नु भयो । काकिले पटुका खोलिन रठुलाबाको हातमा राखिदिईन । ठुलाबाले एकएक गर्दै गणना गर्नु भयो, बाको हातमाथमाईदिनु भयो तर ठुलाबाले चिसिएको हाम्रो सम्बन्धका बारेमा केही कुरागर्नु भएन । हामी छुट्टियौ । काकि आफ्नो घर लागिन म र बा आफ्नो घर । त्योदिन देखि छुट्टिएका हामी कहिल्यै बोलेनौ कहिल्यै कसैको घर गएनौ । बाटोमाहिड्दा भेट हुदा पनि नबोलेरै हिड्न थाल्यौ । आज सम्म यतिका बर्ष भयो बोलचालनभएको । बा बेला बेला भन्नू हुन्छ,”आफ्नाहरु सङ कहिल्यै पैसोको लेनदेननगर्नु “।
काकिले पैसा बुझाएका बेला खोजे जस्तो , जग्गा भेटिएन । त्योपैसा त्यसै कता कता खर्च भयो । थाहा नै भएन । होवस पनि कसरी न केहीलेखाजोखा हुन्थ्यो नकही कतै के केमा खर्च कति भयो लेखिदैन थ्यो ।
बाआमाबूढो हुँदै जानू भयो । हामी तन्नेरी हुँदै थियौ । जति बाले आफ्नो बलबुतालेकमाएर जति जग्गा जोड्नु भएको थियो त्यती नै भैर्ह्यो । बा निरास भैरहनुहुन्थ्यो , जब जब आमा भन्नु हुन्थ्यो , पहाड बाट आउदा बित्तिकै अरुलाई पैसानदिएर आफैले जग्गा किनेको भए। कति जाती हुन्थ्यो ।
समयक्रमपरिवर्तन हुँदै गयो । देशमा आमूल परिवर्तन हुदै थियो । अब संघीयता आउदै छभन्ने कुरो सुनिदैथ्यो । एकदिन आयो र संघीयता लागू पनि भयो ।
बाकोमुहारमा खुसी छायो जब संघीयता आयो । बा भन्नू हुन्थ्यो हेर अब स्थायीसरकार बन्छ हाम्रो जग्गाको पनि नम्मरी हुन्छ लालपुर्जा आउँछ । खुसिलेबाच्न पाईन्छ ।
बा भोट हालेर आएको दिन बाको बुढी औलामा लगाएको कालो मसि हेर्दै सोधेको थिए , बा भोट कस्लाई हाल्नु भयो ?
बाले हास्दै भन्नू भयो केसमा हाल्नु नि , त्यरा फुपाजु जुन पार्टिका हुन त्यहिमा हाले नि,
ह्यात्यस्तो नजित्ने पार्टिबाट उठेको नचिनेको मान्छे लाई नि भोट हाल्छन । अलिजित्ने पार्टिमा आफुले चिन्या मान्छेलाई हाल्या भए हुनि नि ।
हेर हाम्रो अड्डा अदालतमा काम गर्दिने को हो? गार्हो सार्हो पर्दा सहयोग गर्नी कोहो? बाले मलाई प्रश्न गर्नु भयो ।
कोहो मैले उल्टै बा तिरै प्रतिप्रश्न गरे ।
त्यरैफुपाजु । फुपाजु बजार तिर बस्दै राजनीति गर्दै आउनु भएको थियो । बाले फेरिबोल्नु भयो ,” उन्ले जग्गाको लालपुर्जा नि बनाउने कुरा गरेका छन “। यतिभन्दा बाका आँखा अनुहार जम्मैमा खुसी छाएको थियो ।
एकदिन बा फेरिदुखी हुनु भयो । बजार गएका बेला अब नगरपालिकाले ऐलानी जग्गा (लालपुर्जानभएको जग्गा) भएकाहरुलाई उठाउने भन्ने कुरो सुन्नुभएछ ।
बा निराश हुँदै घर फर्कनु भएको थियो बजारबाट ।
रातभरीनसुतेर सुसेरा सुसेल्नु भएको थियो , र बजार तिर बस्दै आउनुभएकाफुपाजुलाई लाई त्यही रात फोन लगाउन भन्नू भएको थियो । र फोनमा फुपाजुलाई बजारमा सुनेको कुरा सबै बेलिबिस्तार लाउनु भयो ।
उल्टैझपार्नु पो भयो फुपाजुले तलाई कोको ले नराम्रो कुरो सुनाउँछ भन्त ? केहीहुदैन राम्रो सङ बस । केही परि आएमा हामी छदैछौ त । भनेर फोन राख्नु भयोफुपाजुले भोलिपल्ट ठुलाबालाई भेट्न जानू भयो बा । ठुलाबाले पनि ढाडस युत्तशब्दहरु प्रयोग गर्नु भए छ । हामी छौ यस्तै केही भन्नू भयो होला ।
समयचलिर्ह्यो । नचल्नु पनि कसरि । चल्ने समय र आउने छाललाई कस्ले पो रोक्नसक्छ र । ३ दिदिहरुको बिहे भयो १ दिदी पढिरहेकी छिन ।। हामी दाजु भाईपढ्न भनी सहर लाग्यौ । मैले सानो जागिर खाए । बाको ऋण आफ्नो थाप्लोमा अलिकति भएपनि बोके , बाको थाप्लोको ऋण आफ्नो थाप्लोले अलिकती लिन पाउँदा खुसी भए । बा पनि खुसी हुनु भयो ।
उमेर दिन दिनै बढिरहेकै थ्यो । समय चलिरहेकै छ ।
बा भन्दा आमा तन्नेरी हुनु हुन्थ्यो । अहिले ६५ वर्षमा लागिरहनु भएको बाबेला बेला फोन गर्दा आँखा कम देख्छु भन्न थाल्नु भएको थियो । बालाई बुढेसकालले छोप्दै थियो । अब त मेरा दिन गए जति गर्नु पर्ने हो मैले गरेबाबै बा बेलाबेला भनिरहनु हुन्थ्यो ।
एक्दिन दिदिले फोन गरेर , ल बा सङ कुरा गर भनिन ।
बा! ढोग गरे, मैले भने ।
एकछिन आफ्नै दुखान्त सुनाउनु भयो ।
क्यार्नुबाबू दुखिका दिन कहिले नि जाने रैन्छन । सुखका दिन कहिले आउलान ? भन्दैसुस्केरा हाल्नु भयो बाले । यति बेला आमा बाको नजिकै भएको भए भन्नूहुन्थ्यो होला । यसरि सुस्केरा नहाल्नु त अन्नको सह जान्छ ।
आमाले यसोभन्दा बा भन्नू हुन्थ्यो होला, केको सह जानू घराँ अन्न भए पो सह जानू।यस्तै यस्तै कुरामा बा र आमाको बाजाबाज चल्थ्यो होला । सायद आमा कतै जानूभएको थ्यो त्यही भएर त फोनमा बोल्नु भएन यदि आमा बाको नजिकै भएको भए बाभन्दा अगाडि आमा फोनमा बोल्नु हुन्थ्यो अनि बल्ल बाको पालो आउथ्यो ।।
आज आमा नजिकै नभएकै कारणले बा सुरुमै बोल्नु भएको थियो ।
दुखका कुरा सुकिए पछि बाले आस लाग्दा कुरा गर्नु भयो ।
अनि भन्नू भयो ।
ए कान्छा अहिले ऐलानी जग्गाको लालपुर्जा पाउनलाई केही आयोग बनेको छ र?
अनिसम्झिए केही दिन अगाडि जिल्ला जिल्लामा भुमी आयो बनेको । केन्द्रिय भुमीआयोगको अध्यक्ष देवि ज्ञवालीलाई सम्झिए उन्लाई सम्झिदा सम्झिए भरतपुरमहानगरपालिका । यस्तै यस्तै सम्झिदा सम्झिदै आफ्नो आफू अहिले बसिरहेकोऎलानी जग्गा भएको सम्झिए अनि बालाई भने ।
अ बा आयोग बनेको छ । मैले भने ।
फारम खुल्ला नि , बाले सोध्नु भयो ।
खुल्छ बा खुलेसि फर्म भर्नुहोस है । हतारमा भएको जानकारी दिदै फोन राख्ने र फुर्सद भएमा फोन गर्ने भने ।
अनि सम्झिए एकजना अमिन सङ गरेको कुरा उन्ले भनेका थिए ,”भर्नुहोस सर भर्नु होस भर्न पाईन्छ , फर्म चाहिँ नछुटाउनु होला ।
फर्म त भर्ने सर खै के हुने हो , चुनावी नारा पनि हुन सक्छ ।
राजनीति घटनाक्रमहरु परिवर्तन हुँदै थियो । पुष ५ मा प्रधानमन्त्रीलेप्रतिनिधि सभा विघटन गरे , सबै मन्त्रीले राजिनामा दिए । १० वर्ष गरिबदिनदुखिका लागि जङ्गल पसेर युद्ध लडेका प्रचन्ड एकाएक रोड्मा देखिए हामीयहाँ छौको पोस्टर छातिको अघिल्तिर टासेर ।
त्यसपछी प्रधानमन्त्रीले आफूअनुकुल मन्त्रीहरु नियुक्त गरे । सरकार चलाए । थुप्रै बिरोध भए । तपाईले पनि त यी सब राजनीतिक घटनाक्रम नियालिरहनु भएको छ नि” ।
उन्ले भनेका थिए ।
फुर्सदको समयमा बालाई
फोन गरेर भनिदिए बा फारम खुल्ला खुलेपछि भर्नु होला । केही गर्दा भै पो हाल्छ कि ।
बालेझट्टै भन्नू भयो त्यरो फोटो नि चाहिन्छ । पठाईदी राख । मैले भोलिपल्टआफ्नो पिपि साईज फोटो गाउँबाट आउनु भएका दाई सङ पठाईदिए ।
आँखाचेक गराम्छु , म आउछु सहराँ भनेका बा आज फर्म भर्न आउँछ रे अनि फर्म भरेरआउछु, फर्म भर्नेहरु पर्सि आउँछन रे फर्म भर्छु र अनि आउँछ । पाचौं दिनसम्म यस्तै भनिरहनु भयो ।
५ औं दिन पछि दिदिको नम्बरबाट फोन आयो ।फोनमा बा आउनु भयो । । बा चङ्गा हुनु भएको थियो । बाले बोलिरहेको बोलिमा हर्ष मिसिरहेको थियो । कान्छा जग्गाको फारम भरे । आज राम्रो सङ दिदाम्छुकि , म त सपनामा नि लालपुर्जा पाएको सपना देख्न थाल्या छु त्यही नि बिहानिपखको , बिहानिपख देखेको सपना साचो हुन्छ भन्थे । यो मैले देखेको सपनानि साचो हुन्छ कि जस्तो लाग्दै छ। फोनमै बाले एकै सासमा भन्नु भयो ।। अनि फोन राख्नुभएको थियो । मैले बा यति धेरै खुसि भएको पहिलो पटक देख्दै थिए ।
मनमनै कामना गरे हे ढुङ्गाका भगवान हे मनका भगवान् बा को आफ्नो लालपुर्जाभएको जग्गामा बस्ने धोको पूरा होओस । सरकारले ऐलानी जग्गाको नम्मरि लालपूर्जा दिओस नदिओस आफ्नै बलबुताले भए पनि नम्मरि लालपूर्जा भएको जग्गा किनेर बाको धोको पूरा गर्न पाउँ ।
मिति २०७७।१२।०३ गते